Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

महिला तथा सामाजिक सुरक्षाका विषयमा मन्त्री सिता बादी र सांसद इन्दिरा राना मगरको अर्थपूर्ण भेट


ग्लोबल पाना
सोमबार, असार २९ २०८३
  • 188
    SHARES

  • images
    महिला तथा सामाजिक सुरक्षाका विषयमा मन्त्री सिता बादी र सांसद इन्दिरा राना मगरको अर्थपूर्ण भेट

    काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री माननीय मन्त्री सिता बादीज्यू र प्रतिनिधि सभा सदस्य माननीय सांसद इन्दिरा राना मगरज्यूबीच आज मन्त्रालयमा भेटवार्ता भएको छ। भेटका क्रममा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय तथा सामाजिक सुरक्षा क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा महत्वपूर्ण छलफल भएको थियो।

    images
    images
    images

    छलफलमा महिला तथा बाल अधिकारको संरक्षण, बाल संरक्षण प्रणालीको सुदृढीकरण, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चितता, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको सम्मान र सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान भएको थियो। माननीय मन्त्री सिता बादीज्यूले मन्त्रालयले आफ्नो कार्यक्षेत्रभित्र रहेका नागरिकको अधिकार संरक्षण, सेवा प्रवाहको प्रभावकारिता वृद्धि तथा समावेशी विकासका लागि प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो।

    त्यस्तै, माननीय सांसद इन्दिरा राना मगरज्यूले महिला, बालबालिका तथा सामाजिक सुरक्षासँग सम्बन्धित विषयमा आवश्यक सुझाव, सहकार्य र समन्वय निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। भेटका क्रममा मन्त्रालयका कार्यक्रम तथा नीतिलाई थप प्रभावकारी बनाउँदै महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको हित र अधिकार प्रवर्द्धनका लागि आगामी दिनमा समेत सहकार्य गर्ने विषयमा सकारात्मक छलफल भएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ