Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

अपाङ्गतामैत्री SRHR सामग्री विकासमा जोड, पहुँचयुक्त IEC सामग्रीबारे कार्यशाला सम्पन्न


ग्लोबल पाना
सोमबार, असार २९ २०८३
  • 191
    SHARES

  • images
    अपाङ्गतामैत्री SRHR सामग्री विकासमा जोड, पहुँचयुक्त IEC सामग्रीबारे कार्यशाला सम्पन्न

    काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूको यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार (SRHR) मा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले "SCOPE for SRHR" कार्यक्रमअन्तर्गत अपाङ्गतामैत्री यौन तथा प्रजनन स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार (IEC) सामग्रीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कार्यशालाको उद्देश्य SRHR क्षेत्रमा हालसम्म विकास भएका पहुँचयुक्त IEC सामग्रीको समीक्षा गर्नु, नेपाल सरकार तथा सरोकारवाला निकायका वर्तमान प्राथमिकताहरूको पहिचान गर्नु तथा अपाङ्गतामैत्री स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार सामग्री विकासका लागि आवश्यक सुझाव संकलन गर्नु रहेको थियो ।

    images
    images
    images

    कार्यक्रममा NHEICC की शिला श्रेष्ठले "SRHR क्षेत्रमा हालसम्म विकास भएका पहुँचयुक्त IEC सामग्री तथा नेपाल सरकारका प्राथमिकताहरू" विषयमा प्रस्तुतीकरण गर्नुभयो । उहाँले SRHR सेवाको प्रभावकारी कार्यान्वयनका लागि जनशक्ति व्यवस्थापन, सेवा प्रदायकहरूको क्षमता अभिवृद्धि, नियमित अनुगमन तथा मूल्याङ्कन, गुनासो व्यवस्थापन प्रणाली तथा गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो । साथै, अपाङ्गता भएका व्यक्तिहरूले सहज रूपमा स्वास्थ्यसम्बन्धी सूचना तथा सेवा प्राप्त गर्न सक्ने वातावरण निर्माणका लागि पहुँचयुक्त IEC सामग्री विकास अपरिहार्य रहेकोमा जोड दिनुभयो ।

    त्यसैगरी, BYAN का वीर श्रेष्ठले "Workshop on Need Identification of Making IEC Materials in Accessible Format" विषयमा प्रस्तुतीकरण गर्दै अपाङ्गता भएका व्यक्तिहरूको विविध आवश्यकतालाई सम्बोधन गर्ने गरी ब्रेल, सांकेतिक भाषा, अडियो, सरल भाषा तथा डिजिटल पहुँचयुक्त ढाँचामा IEC सामग्री विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले सामग्री निर्माणअघि लक्षित समुदायको आवश्यकता पहिचान, परामर्श तथा परीक्षण प्रक्रियालाई समेत प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।

    यस्तै, नेपाल अपाङ्ग महिला संघ (NDFN) ले स्वास्थ्य सेवा प्रदायकहरूको अभिमुखीकरण प्याकेजको प्रारम्भिक मस्यौदा प्रस्तुत गरेको थियो । उक्त प्रस्तुतीकरणमाथि सहभागीहरूले विस्तृत छलफल गर्दै सुझाव दिएका थिए । सहभागीहरूले समावेशी, पहुँचयुक्त तथा अपाङ्गतामैत्री स्वास्थ्य सेवा प्रणाली निर्माणका लागि यस्ता अभिमुखीकरण र IEC सामग्री विकासका कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए ।

    कार्यक्रममा खुला छलफलमार्फत विभिन्न सुझाव संकलन गरिएको थियो । कार्यशालाको अन्त्य आगामी रणनीति तय गर्दै सहभागीहरूबीच नेटवर्किङ, अनुभव आदानप्रदान तथा सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धतासहित गरिएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ