Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

वैदेशिक रोजगार विभागको सक्रियता: १९ नयाँ मुद्दा दर्ता र ४ जनाको उद्धार


ग्लोबल पाना
मंगलबार, असार ३० २०८३
  • 180
    SHARES

  • images
    वैदेशिक रोजगार विभागको सक्रियता: १९ नयाँ मुद्दा दर्ता र ४ जनाको उद्धार

    काठमाडौँ । वैदेशिक रोजगार विभागको मिति २०८३ असार ३० गतेको विवरण अनुसार मुद्दा अनुसन्धान, संस्था अनुगमन, उद्धार तथा डिजिटल अभिलेखीकरणका क्षेत्रमा उल्लेखनीय कार्यहरू भएका छन्। कानुनी कारबाही र अनुसन्धान विभागको मुद्दा तथा अनुसन्धान शाखाले आज १९ वटा नयाँ मुद्दा दर्ता गरेको छ । कानुनी प्रक्रियाका क्रममा ६ जनालाई पक्राउ गरी उपस्थित गराइएको छ भने ५६ जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

    images
    images
    images

    साथै, ३३ जनालाई पक्राउ गर्न अनुमति दिइएको र ८ वटा मुद्दामा मिलापत्र गरिएको छ। शाखाले बैंकलाई लेखिएका पत्र, अभियोग पत्र र राय पत्र सहित कुल १४१ वटा पत्रहरू चलानी गरेको छ । अनुगमन र गुनासो सम्बोधन संस्था अनुगमन शाखाले ३ वटा राहदानी वितरण गरेको छ भने ७ वटा नयाँ उजुरी निवेदन प्राप्त गरेको छ ।

    त्यस्तै, म्यानपावर कम्पनीहरूलाई ४ वटा पत्राचार गरिएको छ र ७ वटा गुनासोहरू फोन मार्फत तत्काल समाधान गरिएको छ। जनगुनासो व्यवस्थापन तर्फ, कल सेन्टरमा प्राप्त ६६ गुनासो मध्ये ६५ वटाको समाधान भइसकेको छ। हेलो सरकारबाट प्राप्त ६ वटा गुनासो मध्ये ५ वटाको समाधान गरिएको र एउटा असम्बन्धित गुनासो सम्बन्धित निकायमा पठाइएको विभागले जनाएको छ ।

    उद्धार, राहत र समन्वय राहत, उद्धार तथा समन्वय शाखामा आज २ वटा नयाँ उजुरी दर्ता भएका छन्। शाखाको सक्रियतामा ४ जनाको उद्धार गरिएको छ भने ३ वटा क्षतिपूर्ति सम्बन्धी कार्य सम्पन्न भएका छन् । यस क्रममा ६ वटा दुईपक्षीय छलफलहरू समेत सञ्चालन गरिएका थिए ।

    संस्था दर्ता र प्रणाली सुधार संस्था दर्ता तर्फ आज ५१ वटा म्यानपावर कम्पनी र १४ वटा पूर्व प्रस्थान अभिमुखिकरण तालिम प्रदायक संस्था (PDOT) को नवीकरण गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ