हुम्ला । हुम्ला जिल्लाको उत्तरी भेगमा हिमपात हुँदाहुँदै पनि सिमकोट गाउँपालिका-७ मा डाँडाफया गाउँमा आगलागी भएको छ । सो स्थानमा आगलागी हुँदा रु ८२ लाख ९५ हजारभन्दा बढी क्षति भएको जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख गीताप्रसाद चौधरीले बताए ।
स्थानीयवासी दीपक सिंह, शक्ति सिंह, कालु सिंह र छक्क सिंहको घरमा आगलागी भएको हो । धारापोरी चौकीको सहयोग र जिल्ला प्रहरी कार्यालयका मनि गुरुङको नेतृत्वमा थप सुरक्षाकर्मी, सशस्त्र प्रहरी बल उक्त घटनास्थलमा गएर स्थानीय बासिन्दा सक्रिय भई आगो निभाइएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


