Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

इनरह्विल क्लब सातदोबाटोले मनायो आफ्नो पाँचौँ पदस्थापन दिवस


बिहीबार , साउन ७ २०८३
  • 303
    SHARES

  • images
    इनरह्विल क्लब सातदोबाटोले मनायो आफ्नो पाँचौँ पदस्थापन दिवस

    काठमाडौँ । इनरह्विल क्लब सात दोबाटोले आफ्नो पाँचौँ पदस्थापन दिवस. साउन ४ गते विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाएको छ । यस स्थापना दिवसका अवसरमा कार्यक्रमका प्रमुख अतिथि तथा Inner Wheel District 350 का अध्यक्ष डा.सृष्टि श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी गर्नु भयो । यसै अवसरमा उहाँले कार्यक्रमलाई संवोधन गर्दै उहाँले इनरह्विल क्लब सात दोबाटोले सञ्चालन गर्दै आएका शिक्षा, स्वास्थ्य, सहयोग लगायतका कार्यहरूको प्रशंसा गर्दै नेतृत्व भनेको अधिकार नभएर जिम्मेवारी, पद नभएर सेवा गर्ने अवसर भएको कुरालाई प्रस्ट पार्नु भयो ।

    images
    images
    images

    साथै उहाँले यस क्लबले स्वास्थ्यलाई मध्यनजर गर्दै डाउन सिण्ड्रोम र मस्तिष्क पक्षाघात अपाङ्गता भएका व्यक्तिहरूका लागि पनि कार्यक्रमहरू सञ्चालन गर्नु भएकोमा धन्यवाद दिँदै समुदायसँग समन्वय गरेर काम गरेमा क्लबलाई सशक्त भएर अगाडी बढ्न सहज हुने र यस क्लबको विकासको लागि आफू सधैँ साथमा रहने बताउनु भयो । यसै क्रममा उहाँले आगामी दिनमा यस क्लबले महिला सशक्तीकरण, स्वास्थ्य क्षेत्र अन्तर्गत क्यान्सरको विषयमा, महिनावारी स्वच्छता, वातावर संरक्षण लगायतका कार्यक्रमहरूलाई निरन्तरता दिनु पर्ने कुरामा जोड दिनु भयो ।

    यस कार्यक्रममा Deputy National Representative – उप राष्ट्रिय प्रतिनिधि सीमा झा ले इनलह्विलको मूल सिद्धान्त भनेको संस्थाको नेतृत्व, क्षमता, मित्रता र सेवाको भावनालाई बलियो बनाउने बताउनु भयो । साथै उहाँले नेपालमा इनलह्विलले शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, वातावरण संरक्षण तथा बालबालिका र ज्येष्ठ नागरिकहरूको लागि सेवा प्रदान गर्दै आएकोले यी कार्यहरूले समाजमा सकारात्मक प्रभाव पारेको पनि बताउँदै प्रत्येक सदस्यहरूको ज्ञान सीपको उपयोग गर्दै एकले अर्कालाई सम्मान गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

    इनरह्विल क्लब सात दोबाटोले आफ्नो ५ औ स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजना गरिएको कार्यक्रममा (Inner Wheel Club) इनरह्विल क्लब सातदोबाटोका संस्थापक अध्यक्ष सीमा राईले Inner Wheel Club सात दोबाटोले कठिन अवस्थामा रहेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरूका लागि खाद्य सामाग्री, न्यानो कपडा वितरण लगायतका कार्यहरूका सेवा गर्दै आएको, साथै डाउन सिण्ड्रोम अपाङ्गता र मस्तिष्क पक्षाघात अपाङ्गता भएका बालबालिकाहरूका लागि घर दैलो सेवा सञ्चालन गर्दै आएको र उनीहरूका अभिभावकसँग छलफल गरी उनीहरूको हक हित र अधिकारका पहल गरिएको बताउनु भयो ।

    यसै क्रममा Inner Wheel Club सातदोबाटोका अध्यक्ष कल्पना खतिवडाले फ्रेण्डसिप, फेलोसिप र सेवाको भावना नै यस क्लबको उद्देश्य रहेको भन्दै यस क्लबका साथीहरूको सक्रियता र सहयोगले ज्येष्ठ नागरिक सम्मान, एकल महिला समूहको लागि आवश्यक खाद्यान्न सामग्रीहरू, दिवा खाजा, बालबालिकाहरूका लागि न्यानो कपडा वितरण, पुस्तकालयमा पुस्तक सहयोग, सचेतनाका कार्यहरू प्रचार प्रसार, सरसफाइ अभियान सञ्चालनका साथै अपाङ्गता भएका बालबाविकाहरुका लागि पनि काम गर्न सफल भएको भन्दै उक्त क्लबका सम्पूर्ण परिवारलाई धन्यवाद व्यक्त गर्नु भयो ।

    साथै उहाँले Inner Wheel Club सातदोबाटो २०२५/२०२६ मा सम्पन्न गरेका कार्यको संक्षिप्त प्रतिवेदन पनि प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा Inner Wheel District 350 का अध्यक्ष डा.सृष्टि श्रेष्ठ र Inner Wheel Club सातदोबाटोका अध्यक्ष कल्पना खतिवडाको जीवनी पनि प्रस्तुत गरिएको थियो ।

    त्यसै गरी Inner Wheel Club मा रहेर सामाजिक रूपमा योगदान पुराएका व्यक्तिहरूलाई सम्मान पनि गरिएको थियो भने क्लबका नयाँ कार्यसमितिहरूलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ