काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) ले नेपाली विद्यार्थीहरू अध्ययनका लागि विदेशिने बढ्दो प्रवृत्तिको वास्तविक कारण पहिचान गरी त्यसको दीर्घकालीन नीतिगत समाधान खोज्ने उद्देश्यका साथ विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा सञ्चालन भएको "Student Outmigration from Nepal: Drivers and Policy Response" विषयक अनुसन्धानको प्रारम्भिक कार्यशाला (Inception Workshop) सम्पन्न गर्दै सेडाले यस अनुसन्धानलाई नीति निर्माणमा उपयोगी बनाउने लक्ष्य लिएको जनाएको छ ।
सेडाका कार्यकारी निर्देशक प्रा.डा. अर्जुनकुमार बरालले पछिल्ला वर्षहरूमा नेपाली विद्यार्थीहरू विदेश प्रति तीव्र रूपमा बढ्दै गएको उल्लेख गर्दै यसको पछाडि रहेका वास्तविक आर्थिक, सामाजिक, राजनीतिक, प्रशासनिक तथा प्राविधिक कारण पहिचान गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो ।
उहाँले अनुसन्धान केवल विदेश जाने विद्यार्थीको संख्या गणना गर्ने कार्यमा सीमित नरही उनीहरूलाई विदेश जान प्रेरित गर्ने कारण, नेपालभित्रको शैक्षिक वातावरण, रोजगारीका अवसर, भविष्यप्रतिको विश्वास, पारिवारिक अपेक्षा तथा राज्यका नीतिगत पक्षहरूको समेत गहिरो अध्ययन गरिने जानकारी दिनुभयो ।
प्रा.डा. बरालले अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा नेपाल सरकारलाई व्यवहारिक र कार्यान्वयनयोग्य नीतिगत सुझाव प्रस्तुत गरिने बताउँदै यसले विद्यार्थी पलायन न्यूनीकरण, उच्च शिक्षाको गुणस्तर सुधार तथा देशमै अवसर सिर्जना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
अनुसन्धानकर्ता डा. रामकुमार फुयाल र नवीन अधिकारीले अनुसन्धानलाई वैज्ञानिक, व्यावहारिक र तथ्यमा आधारित बनाउन उच्चमाध्यमिक तथा विश्वविद्यालय तहका विद्यार्थी, अभिभावक तथा सम्बन्धित सरोकारवालासँग प्रश्नावली, अन्तर्वार्ता र अन्तरक्रियामार्फत जानकारी संकलन गरिने जानकारी दिनुभयो ।
अनुसन्धानकर्ता डा. रामकुमार फुयालले यो अध्ययन केवल विदेश जाने विद्यार्थीको तथ्यांक संकलनमा सीमित नहुने बताउँदै किन विद्यार्थीहरू विदेशतर्फ आकर्षित भइरहेका छन्, नेपालभित्र उनीहरूले देख्ने अवसर र चुनौती के–के हुन्, तथा कुन नीतिगत सुधारले उनीहरूलाई देशमै टिकाउन सकिन्छ भन्ने पक्षमा विशेष ध्यान दिइने जानकारी दिनुभयो । उहाँका अनुसार उच्चमाध्यमिक तथा विश्वविद्यालय तहका विद्यार्थी, अभिभावक तथा सम्बन्धित सरोकारवालासँग प्रश्नावली, अन्तर्वार्ता र अन्तरक्रियामार्फत जानकारी संकलन गरिनेछ ।
त्यस्तै नवीन अधिकारीले अनुसन्धानलाई वैज्ञानिक, व्यावहारिक र तथ्यमा आधारित बनाउन सबै पक्षको सहभागिता आवश्यक हुने बताउनुभयो । कार्यशालामा पूर्वउपकुलपति प्रा.डा. शिवलाल भुसाल, सहायक डिन डा. खोमराज खरेल, प्रा.डा. ताराप्रसाद भुसाल, प्रा.डा. उमेशकुमार मण्डल, डा. सुमन खरेल लगायतले विदेश गइसकेका विद्यार्थीका अनुभव, नेपालको शैक्षिक प्रणाली, रोजगारीको अवस्था, पारिवारिक दबाब, बदलिँदो सामाजिक परिवेश तथा युवाको मनोसामाजिक अवस्थालाई समेत अनुसन्धानमा समेट्न सुझाव दिनुभएको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


