Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

ट्राभल्सबाट फेसनमा श्रेषु आचार्यको नयाँ यात्रा, ‘कोसिस लाइफ स्टाइल’ शुभारम्भ


ग्लोबल पाना
शनिबार, साउन ९ २०८३
  • 255
    SHARES

  • images
    ट्राभल्सबाट फेसनमा श्रेषु आचार्यको नयाँ यात्रा, ‘कोसिस लाइफ स्टाइल’ शुभारम्भ

    काठमाडौं । ट्राभल्स क्षेत्रमा सफल पहिचान बनाइसकेकी उद्यमी श्रेषु आचार्य ले आफ्नो व्यावसायिक यात्रा फेसन तथा लाइफस्टाइल क्षेत्रमा पनि विस्तार गरेकी छन् । उनले काठमाडौंको धुम्बाराहीमा महिलामुखी फेसन तथा लाइफस्टाइल शोरुम 'कोसिस लाइफ स्टाइल' (Kosis Life Style) को औपचारिक शुभारम्भ गरेकी हुन्। धुम्बाराहीस्थित मर्क्योर होटलको छेउमा तथा सुकेधाराबाट पीपलबोटतर्फ करिब १०० मिटरको दूरीमा रहेको शोरुमको उद्घाटन समारोहमा ग्राहक, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

    images
    images
    images

    उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उद्यमी आचार्यले व्यवसायको सुरुआतमा अपेक्षाभन्दा धेरै माया र साथ पाएको बताइन्। उनले भनिन्, "आज मेरो व्यवसाय औपचारिक रूपमा सुरु भयो । सोचेभन्दा धेरै भिडभाड भयो.। मेरो एउटा सानो सन्देशमै यति धेरै शुभेच्छुक उपस्थित हुनुभयो। सबैको माया, विश्वास र साथले म निकै उत्साहित र खुसी छु ।" 'Elegance, Luxury, Style & You' भन्ने अवधारणासहित सञ्चालनमा आएको कोसिस लाइफ स्टाइल मा महिलाहरूका लागि उच्चस्तरीय पहिरनका साथै ब्रान्डेड झोला, सनग्लास, परफ्युम, जुत्ता तथा विभिन्न आकर्षक फेसन एसेसरिज उपलब्ध रहेका छन् ।

    आचार्यले आफ्नो सफलताको श्रेय व्यक्तिगत प्रयासभन्दा पनि ग्राहक, परिवार, शुभेच्छुक र सहकर्मीहरूको निरन्तर साथलाई दिइन् । उनले भनिन्, "मेरो व्यावसायिक यात्रामा साथ दिनुहुने ग्राहक, शुभचिन्तक, परिवार तथा सधैं हौसला र प्रेरणा दिने मेरी सहकर्मी मुकिताजीप्रति म विशेष आभारी छु । उहाँहरूको सहयोगबिना यो सफलता सम्भव हुने थिएन ।"

    गुणस्तरीय फेसन सामग्रीलाई सुलभ मूल्यमा उपलब्ध गराउने उद्देश्यका साथ सञ्चालनमा आएको कोसिस लाइफ स्टाइल ले नेपाली फेसन बजारमा महिलाहरूका लागि नयाँ गन्तव्य बन्ने विश्वास लिएको छ । उद्घाटनकै दिन ग्राहकहरूको उल्लेख्य आकर्षण देखिएको थियो, जसले शोरुमप्रतिको उत्साह र विश्वासलाई झन् बलियो बनाएको आयोजकको भनाइ छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ