Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

भृकुटीमण्डपमा आज देखि क्यान इन्फेटेक मेला


ग्लोबल पाना
मंगलबार, माघ २४ २०७९
  • 214
    SHARES

  • images
    भृकुटीमण्डपमा आज देखि क्यान इन्फेटेक मेला

    काठमाडौं । राजधानीको भृकुटीमण्डपमा आजदेखि क्यान इन्फोटेक मेला सञ्चालन हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले हरेक वर्ष झैं यस वर्ष पनि यस्तो मेला आयोजना गर्न लागेको हो । आजदेखि आयोजना हुन लागेको २८ औं संस्करणको यस मेलाकोको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् ।

    images
    images
    images

    मेला ६ दिनसम्म सञ्चालन भइ माघ २९ गते समापन हुने आयोजकको भनाइ रहेको छ । क्यान इन्फोटेकमा यसपटक नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवर्द्धन गरिनेछ।

    इन्फोटेकमा हरेक दिन नेपाल पर्यटन बोर्डको सभाहलमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डेटा, मसिन लर्निङ, क्लाउड कम्प्युटिङ तथा अन्य पछिल्ला टेक्नोलोजी ट्रेन्डका विषयमा कन्फ्रेन्स पनि सञ्चालन हुने आयोजकले जनाएको छ । क्यान इन्फोटेकको अवलोकनका लागि सर्वासाधारणलाई १ सय र विद्यार्थीलाई ५० रुपैयाँ शुल्क तोकिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ