Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

ब्लग, भिडियो तथा सामाजिक सञ्जाल लगायतका डिजिटल सामग्रीहरू निर्माण सम्बन्धी तालिम प्रदान गरियो


सोमबार, साउन ११ २०८३
  • 623
    SHARES

  • images
    ब्लग, भिडियो तथा सामाजिक सञ्जाल लगायतका डिजिटल सामग्रीहरू निर्माण  सम्बन्धी तालिम प्रदान गरियो

    काठमाडौँ । Access Planet organization ले Numun Fund को सहयोगमा यही साउन ७ गते देखि ९ गते सम्म अर्थात् २३-२५ जुलाई २०२६ मा अपाङ्गता भएका महिलाहरूका लागि ब्लग, भिडियो तथा सामाजिक सञ्जाल लगायतका डिजिटल सामग्रीहरू निर्माण विषयक ३ दिने तालिम प्रदान गरिएको छ ।

    images
    images
    images

    Access Planet organization ले Numun Fund को सहयोगमा यही साउन ७ गते देखि ९ गते सम्म काठमाडौँमा आयोजना गरेको अपाङ्गता भएका महिलाहरूका लागि ब्लग, भिडियो तथा सामाजिक सञ्जाल लगायतका डिजिटल सामग्रीहरू निर्माण विषयक ३ दिने तालिमको समापनका क्रममा आयोजक संस्था Access Planet organization का कार्यकारी निर्देशक लक्ष्मी नेपालले यस महत्त्वपूर्ण तालिममा विभिन्न प्रकारका अपाङ्गता भएका महिलाहरूको उत्साहपूर्ण सहभागिताको लागि सबैलाई धन्यवाद दिँदै अहिलेको समयमा ब्लग, भिडियो तथा सामाजिक सञ्जालहरू निकै नै प्रयोगमा आउन थालेको र यी नै माध्यमहरूबाट मानिसले विभिन्न अवसरहरूको उपयोग गरी आफ्नो जीवनलाई सहज बनाएको र आगामी दिनमा पनि यहाँ सिकेको सीपको सही सदुपयोग गर्न आग्रह गर्नु भयो ।

    यसै क्रममा उहाँले यस्ता तालिमहरूले धेरै अवसरहरू प्रदान गर्ने, व्यक्तिलाई सृजनशील बनाउने तथा रोजगारीको सृजना गर्न पनि मद्त गर्ने कुरामा जोड दिनु भयो । उक्त ३ दिने तालिममा आशिष राईले प्रशिक्षण दिनु भएको थियो । उहाँले यस ३ दिनमा कुनै पनि विषयमा सृजनात्मक रचनाको लागि मानसिक रूपले अगाडि बढ्नु पर्ने भन्दै प्रविधिहरूको पनि ज्ञान र सीप हुनु पर्ने बताउनु भयो । यस तालिममा Digital Content भनेको इन्टरनेटमा हुने सबै सामग्रीहरू पर्ने जसमा भिडियो, अडियो, ग्राफिक्स, टेक्स लगायतका सामग्रीहरू नै Digital Content भएको बताउनु भयो ।

    यसै क्रममा उहाँले उक्त तालिममा ब्लग लेखन, ब्लगको वेबसाइट बनाउने तरिका, पोष्ट गर्ने तरिका, डिजिटल सामग्रीहरूलाई अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्तताका विषयमा पनि प्रशिक्षण दिनु भएको थियो । यस तालिममा उहाँले प्रशिक्षार्थिहरुलाई दृश्य र ध्वनिका माध्यमबाट कथाहरू तयार गर्ने र प्रस्तुत गर्ने, (Telling Stories Through visual and sound), दृश्यात्मक कथाका प्रकारहरूमा डकुमेन्ट्री, PSA, Shorts Reels, ब्लग, भ्लग आदी पर्ने, दृश्यात्मक कथाका चरणहरू, स्क्रिप्ट लेखन, भिडियो रेकर्ड, भिडियो इडिट लगायतका विषयमा उत्साह पूर्वक सिकाउनु भयो ।

    यसै गरी तालिमको अन्तिम दिन अर्थात् साउन ९ गते ६ वटा समूह निर्माण गरेर विभिन्न विषयमा ब्लग लेखन र एउटा छोटो भिडियो निर्माण गर्ने अभ्यास गराएर ६ वटा समूहबाट नै निर्माण गरिएका भिडियोहरू प्रस्तुत गरिएको थियो । उक्त ३ दिने तालिममा सहभागी प्रशिक्षार्थी प्रशिक्षार्थी अनुकला राईले अपाङ्गता भएका महिलाहरूका लागि यस्तो तालिमहरू इन्सिच्यूटहरुमा गएर लिनका लागि त्यहाँका भौतिक संरचना, प्रशिक्षार्थीहरू अपाङ्गता मैत्री नहुँदा कठिन हुने र आर्थिक रूपमा पनि नसकिने अवस्थामा Access Planet organization ले अपाङ्गता भएका महिलाहरूलाई समावेश गरेर जीवन उपयोगी तालिम प्रदान गरिदिनु भएकोमा धन्यवाद दिँदै यहाँ सिकेका सीपहरूको सही उपयोग गर्ने बताउनु भयो ।

    त्यसै गरी अर्का प्रशिक्षार्थी रोजिना पोखरेलले यो तालिम हामी अपाङ्गता भएका महिलाहरूको लागि अति नै उपयोगी रहेको, भिडियो इडिट तथा ब्लग लेखन कार्यमा राम्रो सीप सिक्न सकेको बताउँदै आगामी दिनमा दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूका लागि मात्रै पनि सञ्चालन गर्नु पर्ने आवश्यकता रहेको बताउनु भयो ।

    Access Planet organization ले काठमाडौँमा आयोजना गरेको अपाङ्गता भएका महिलाहरूका लागि ब्लग, भिडियो तथा सामाजिक सञ्जाल लगायतका डिजिटल सामग्रीहरू निर्माण विषयक ३ दिने तालिममा सुनाई सम्बन्धी अपाङ्गता, पूर्ण, न्यूनदृष्टियुक्त, मेरुदण्डपक्षघात तथा अन्य कारणले शारीरिक अपाङ्गता भएका २७ जना अपाङ्गता भएका महिलाहरूको सहभागिता रहेको थियो ।

    तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई आयोजक संस्था Access Planet organization का कार्यकारी निर्देशक लक्ष्मी नेपाल र प्रशिक्षक आशिष राईले प्रमाण पत्र पनि प्रदान गर्नु भएको थियो ।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ