Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

समावेशी महिनावारी शिक्षा प्रवर्द्धन सम्बन्धी छलफल


मंगलबार, साउन १२ २०८३
  • 825
    SHARES

  • images
    समावेशी महिनावारी शिक्षा प्रवर्द्धन सम्बन्धी छलफल

    काठमाडौँ । ग्लोबल एक्सन नेपाल, डिग्निटी विदआउट डेंजर, लिभरपुल जोन मुअर्स विश्वविद्यालय तथा डाउन सिण्ड्रोम समाज नेपालको संयुक्त आयोजनामा साउन ११ गते सोमबार महिनावारी शिक्षाका विषयमा सबै समुदाय सम्म पहुँच विस्तार गर्ने उद्देश्यले “समावेशी महिनावारी शिक्षा संवाद” कार्यक्रम काठमाडौँमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा महिनावारी शिक्षा सम्बन्धी उपलब्ध श्रोत र सामग्रीलाई सबैको पहुँचमा विस्तार कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल गरिएको थियो ।

    images
    images
    images

    समावेशी महिनावारी शिक्षाका विषयमा जनचेतना जगाउनका लागि प्राध्यापक सारा पार्करले विभिन्न सवालमा काम गर्ने संघ संस्थाहरूसँग सहकार्य गर्दै नेपालमा उपलब्ध स्रोत, साधन, अनुभव र विशेषज्ञताको उपयोग गर्न सकेमा सुरक्षित र स्वस्थ महिनावारीका विषयमा सबै मिलेर काम गर्नु सकिने जसले गर्दा हाम्रो समाजमा भएको महिनावारीको विषयको नकारात्मक सोचमा परिवर्तन ल्याउन सहज हुने कुरामा जोड दिनु भयो । सो छलफलमा डाउन सिण्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापाले महिनावारी शिक्षाले अपाङ्गता भएका व्यक्तिहरूको वास्तविक जीवन, अनुभव र आवश्यकतालाई संवोधन गर्ने पर्ने बताउनु भयो ।

    साथै उहाँले महिनावारीका विषयमा समाजको नकारात्मक दृष्टिको र व्यवहार सकारात्मक परिवर्तन ल्याउनका लागि सरोकारवाला निकायहरू वकालत तथा पैरवी गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो । काठमाडौँमा आयोजना गरिएको समावेशी महिनावारी शिक्षा संवाद कार्यक्रममा संस्थापक, अभियन्ता, शिक्षक, अभिभावक तथा अपाङ्गता अधिकारकर्मीहरूलाई सहभागी गराएर स्रोतहरू आदानप्रदान गर्ने, साझेदारी सुदृढ गर्ने तथा महिनावारी शिक्षालाई सबैका लागि कसरी पहुँचयोग्य बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो ।

    उक्त छलफलमा सहभागीहरूले अपाङ्गता भएका व्यकतिहरुको महिनावारी शिक्षाको विस्तारका क्रममा नयाँ सामग्रीहरूको विकास गर्नु भन्दा भई रहेका श्रोत साधनहरूलाई परिमार्जन गरी उपयोग गर्नका लागि प्रेरित गर्नु पर्ने कुरामा जोड दिएका थिए । नेत्रहीन युवा संघ नेपाल, ऐना फाउन्डेसन, वी क्राफ्ट नेपाल, अटिजम केयर नेपाल समाज लगायतका संस्थाहरूले यस विषयमा आफ्ना शैक्षिक सामग्रीहरू प्रस्तुत गरेका थिए ।

    साथै अन्य संस्थाहरूले ती सामग्री माथि सुझाव, प्रतिक्रिया तथा भावी सहकार्यका विषयमा पनि छलफल गरिएको थियो । उक्त छलफलमा अभियन्ता, शिक्षक, अभिभावक, अपाङ्गता अधिकारकर्मीहरू तथा सरोकारवाला निकायका व्यक्तिहरू सहित महिनावारी स्वास्थ्य, अपाङ्गता समावेशीकरण, शिक्षा तथा युवाका क्षेत्रमा कार्यरत क्षेत्रका २५ जना भन्दा बढीको सहभागिता रहेको थियो ।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ