Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

मन्त्रिपरिषद्को निर्णय: नौ विधेयक संसदमा लैजाने स्वीकृति


ग्लोबल पाना
बुधबार, साउन १३ २०८३
  • 189
    SHARES

  • images
    मन्त्रिपरिषद्को निर्णय: नौ विधेयक संसदमा लैजाने स्वीकृति

    काठमाडौं । मन्त्रिपरिषद्को बैठकले विभिन्न कानुन संशोधन तथा नयाँ कानुन निर्माणसँग सम्बन्धित नौ वटा विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसोको बैठकले नौ विधेयक संसदमा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सन्चारकर्मीलाई जानकारी दिनुभयो ।

    images
    images
    images

    उहाँकाअनुसार बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाका शर्त र सुविधासम्बन्धी ऐन, खानी तथा खनिज पदार्थसम्बन्धी कानुन, सङ्क्रामक पशु रोग नियन्त्रण, राहदानी ऐन, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण), बालश्रम (निषेध तथा नियमित गर्ने), आन्तरिक वायुसेवाको दायित्व, मेलमिलाप सम्बन्धी ऐन तथा कर्मचारी सञ्चयकोष ऐन संशोधनसम्बन्धी विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको हो ।

    यस्तै, मन्त्रिपरिषद्ले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय गरेको छ । बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा सिन्धुलीका खेटराज दाहाललाई मनोनयन गर्ने निर्णय पनि गरेको छ ।

    त्यसैगरी, मन्त्रिपरिषद्ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौं संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्ले भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला र सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित विषयमा पनि निर्णय गरेको भए पनि सार्वजनिक विवरणमा त्यसको विस्तृत जानकारी उल्लेख गरिएको छैन ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ