काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएकी छन् । शीतल निवासमा आयोजित एक समारोहका बीच उनले आज पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्डलगायतका व्यक्तित्वहरुको उपस्थितिमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
माओवादी केन्द्रको स्थायी कमिटी सदस्य रहेकी अर्याल सोमबार राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


