Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

खल्ती मार्फत डिम्याट तथा मेरोशेयर नवीकरण गर्दा १००% क्यासब्याकको अवसर


ग्लोबल पाना
बिहीबार , साउन १४ २०८३
  • 265
    SHARES

  • images
    खल्ती मार्फत  डिम्याट तथा मेरोशेयर नवीकरण गर्दा १००% क्यासब्याकको अवसर

    काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले डिम्याट तथा मेरोशेयर खाता नवीकरण गर्ने समय नजिकिँदै गर्दा आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै ‘१००% उपहार’ योजना सञ्चालनमा ल्याएको छ । यस योजनाअन्तर्गत खल्ती मार्फत डिम्याट तथा मेरोशेयर नवीकरण गर्ने हरेक १५ दिनमा १०० जना भाग्यमानी प्रयोगकर्ताले १००% क्यासब्याक जित्ने अवसर पाउनेछन् ।

    images
    images
    images

    यो योजना श्रावण महिनाको अन्त्यसम्म सञ्चालन हुनेछ। सीडीएस एन्ड क्लियरिङ लिमिटेड (CDSC) ले डिम्याट खाताको वार्षिक नवीकरण शुल्क साउन १५ गतेभित्र भुक्तानी गर्न अनुरोध गरेको छ । तोकिएको समयभित्र शुल्क नबुझाएमा साउन १६ गतेदेखि डिम्याट खाता रोक्का हुनसक्नेछ। डिम्याट खाता रोक्का भएपछि शेयर खरिद–बिक्रीलगायतका पूँजीबजारसम्बन्धी कारोबारमा असर पर्नसक्ने भएकाले समयमै नवीकरण गर्नु आवश्यक हुन्छ ।

    हाल डिम्याट खाताका लागि वार्षिक रु. १०० र मेरोशेयरका लागि वार्षिक रु. ५० नवीकरण शुल्क तिर्नुपर्ने व्यवस्था रहेको छ। प्रयोगकर्तालाई समयमै नवीकरण गर्न प्रोत्साहित गर्दै खल्ती ले ‘१००% उपहार’ योजना ल्याएको हो । योजनाअन्तर्गत खल्तीबाट MeroShare तथा DEMAT नवीकरण गर्ने हरेक १५ दिनमा १०० जना विजेताले आफूले भुक्तानी गरेको नवीकरण शुल्क बराबरको १००% क्यासब्याक प्राप्त गर्नेछन् । यस योजना मार्फत प्रयोगकर्ताले वार्षिक शुल्कको भुक्तानीसँगै आकर्षक क्यासब्याक जित्ने अवसर समेत पाउनेछन् ।

    खल्तीबाट डिम्याट तथा मेरो शेयर कसरी नवीकरण गर्ने ?

    १. Khalti App खोल्नुहोस् ।

    २. Financial Services मा गई MeroShare & Demat Renewal मा क्लिक गर्नुहोस् ।

    ३. आफ्नो Depository Participant (DP) छनोट गरी Client ID प्रविष्ट गर्नुहोस् ।

    ४. Demat, MeroShare वा Both मध्ये आवश्यक सेवा छनोट गर्नुहोस् ।

    ५. Get Details मा क्लिक गरी आफ्नो विवरण पुष्टि गर्नुहोस् ।

    ६. विवरण सही भएपश्चात Khalti मार्फत केही सेकेन्डमै सुरक्षित रूपमा भुक्तानी सम्पन्न गर्नुहोस् ।

    प्रयोगकर्ताले आफ्नो Broker वा Depository Participant (DP) को वेबसाइटबाट नवीकरण गर्दै हुनुहुन्छ भने Khalti Payment Gateway मार्फत पनि डिम्याट तथा मेरोशेयर नवीकरण शुल्क सहज रूपमा भुक्तानी गर्न सक्नेछन् । खल्तीले डिम्याट तथा मेरोशेयर नवीकरणलाई छिटो, सुरक्षित र सहज बनाउन App तथा Payment Gateway दुवै माध्यमबाट सेवा उपलब्ध गराउँदै आएको छ ।

    प्रयोगकर्ताले घरमै बसेर २४ घण्टा सेवा प्रयोग गरी आफ्नो नवीकरण शुल्क भुक्तानी गर्न सक्नेछन् । आफ्नो डिम्याट तथा मेरोशेयर खाता सक्रिय राख्न अन्तिम समय कुर्नुभन्दा अगावै नवीकरण गर्नुका साथै हरेक १५ दिनमा १०० जना प्रयोगकर्ताले १००% क्यासब्याक जित्ने ‘१००% उपहार’ योजनामा सहभागी हुने अवसर समेत प्राप्त गर्नुहोस् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ