Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे ओली


ग्लोबल पाना
मंगलबार, माघ २४ २०७९
  • 212
    SHARES

  • images
    प्रधानमन्त्री प्रचण्डलाई भेट्न  बालुवाटार पुगे ओली

    काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली आज बालुवाटार पुगेका हुन् ।

    images
    images
    images

    मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राष्ट्रपति निर्वाचन, सरकार सञ्चालनलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसका साथै आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोडेपछिको राजनीतिक परिस्थितिको बारेमा पनि छलफल भएको छ ।

    राष्ट्रपतिको निर्वाचन २५ फागुनमा हुँदैछ । सरकार गठनका बेला एमाले र माओवादी केन्द्रबीच प्रधानमन्त्री माओवादीले र राष्ट्रपति एमालेले लिने सहमति भएको थियो । तर पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने धारणा सार्वजनिक गरेपछि एमाले सशंकित छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ