Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

डिजिटल रूपान्तरण र प्रविधि पत्रकारितामा सहकार्य गर्दै क्यान महासंघ र टीजेएफ


ग्लोबल पाना
बुधबार, साउन २७ २०८३
  • 275
    SHARES

  • images
    डिजिटल रूपान्तरण र प्रविधि पत्रकारितामा सहकार्य गर्दै क्यान महासंघ र टीजेएफ

    काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ र प्रविधि पत्रकार मञ्च (टीजेएफ)बीच सूचना प्रविधि, डिजिटल रूपान्तरण, प्रविधि पत्रकारिता तथा नवप्रवर्तनका क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ । आईतबार क्यान महासंघको कार्यालयमा आयोजित एक कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारी र टीजेएफका अध्यक्ष पूर्ण दुवालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

    images
    images
    images

    सम्झौताअनुसार दुवै संस्थाले नेपालमा सूचना प्रविधिसम्बन्धी जनचेतना अभिवृद्धि, प्रविधि पत्रकारको क्षमता विकास, डिजिटल रूपान्तरण, नवप्रवर्तन, साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल अर्थतन्त्र, नयाँ प्रविधि तथा प्रविधि उद्यमशीलताका विषयमा सहकार्य गर्नेछन् । क्यान महासंघले टीजेएफका सदस्य पत्रकारका लागि प्रविधिसम्बन्धी ज्ञान आदानप्रदान, तालिम, कार्यशाला तथा उद्योगसँगको अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

    त्यस्ता कार्यक्रममा सूचना प्रविधि, डिजिटल रूपान्तरण, कृत्रिम बुद्धिमत्ता, साइबर सुरक्षा, सफ्टवेयर विकास, डिजिटल अर्थतन्त्र, नयाँ प्रविधि, स्टार्टअप तथा नवप्रवर्तनलगायत विषय समेटिनेछन् । त्यस्तै, फोरमका सदस्य पत्रकारहरुलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय सूचना प्रविधि प्रदर्शनी, सम्मेलन, प्रविधि कम्पनी, नवप्रवर्तन केन्द्र, स्टार्टअप तथा अध्ययन भ्रमणमा सहभागी गराउन सम्भव भएसम्म सहजीकरण गर्ने सहमति भएको छ ।

    सम्झौताअनुसार टीजेएफले क्यान महासंघ र यसका सदस्य, प्रविधि विज्ञ तथा सम्बन्धित सरोकारवालासँग सहकार्य गरी नेपालको सूचना प्रविधि क्षेत्रका गतिविधि, नीतिगत विकास, नवप्रवर्तन, उद्यमशीलता, डिजिटल रूपान्तरण, साइबर सुरक्षा तथा नयाँ प्रविधिसम्बन्धी सामग्री तयार गरी आफ्ना सदस्य सञ्चारमाध्यममार्फत व्यापक रूपमा प्रसार गर्नेछ । दुवै संस्थाले नेपालको सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित विषयमा वर्षमा कम्तीमा एउटा संयुक्त अध्ययन तथा अनुसन्धान गर्ने सहमति पनि गरेका छन् ।

    साथै, प्रविधि विकास, डिजिटल साक्षरता, उद्यमशीलता, साइबर सुरक्षा र कृत्रिम बुद्धिमत्तालगायत विषयमा गोष्ठी, सम्मेलन, छलफल तथा जनचेतनामूलक कार्यक्रम संयुक्त रूपमा आयोजना गर्न सकिने सम्झौतामा उल्लेख छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ