Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत अर्यालको पद वहाली : कार्यवाहक प्रमुखबाट सुशासन र क्षेत्रगत समन्वयमा नतिजामूलक नेतृत्वको अपेक्षा


ग्लोबल पाना
बुधबार, साउन २७ २०८३
  • 183
    SHARES

  • images
    नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत अर्यालको पद वहाली : कार्यवाहक प्रमुखबाट सुशासन र क्षेत्रगत समन्वयमा नतिजामूलक नेतृत्वको अपेक्षा

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालबाट चालु आर्थिक वर्षका लागि स्वीकृत नीति, योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, सुशासन, अन्तरसरकार समन्वय र महानगरबासीका अपेक्षा पूरा गर्ने काममा कुशल नेतृत्वको अपेक्षा गर्नुभएको छ ।

    images
    images
    images

    आज पद वहाल गर्नु भएका प्रमुख प्रशासकीय अधिकृत अर्याल, भेटका लागि कार्य कक्षमा पुगेपछि उहाँलाई स्वागत गर्दै कार्यवाहक प्रमुख डंगोलले कर्मचारी परिचालन र व्यवस्थापन कुशल नेतृत्वको अपेक्षा गर्नुभएको हो । ‘सेवा प्रवाह, अनुशासित र मर्यादित कर्मचारी प्रशासनका लागि समन्वयकारी नेतृत्व आवश्यक छ ।’ डंगोलले भन्नुभयो, ‘पार्किङ् व्यवस्थापनका लागि वहुतले पार्किङ् स्थल बनाउने, भृकुटीमण्डपमा मेगाहल निर्माण गर्ने, नेपाल सरकारसँग यस अघि गरिएका सम्झौता बमोजिम प्राप्त गर्नु पर्ने सम्पत्ति लिने लगायत ठुला आयोजना सञ्चालन गर्न संघ सरकारसँग समन्वय गर्नुपर्नेछ ।

    कर्मचारी र जनप्रतिनिधिका बिचमा समन्वय र सहजीकरण गरिदिनु पर्नेछ । केही योजनालाई अलि सुस्त छन् । ती योजनालाई तीब्र सञ्चालन गर्नु पर्नेछ ।’ उहाँले भन्नुभयो, ‘यहाँको कार्यकाल महानगरबासीका लागि फलदायी बन्नेछ । महानगरपालिकाको सार्वजनिक छवि उच्च बनाउनमा स्मरणीय हुनेछ ।’ वि. सं. २०६६ सालमा शाखा अधिकृतबाट सेवा प्रवेश गर्नुभएका अर्याल २०७३ सालमा उपसचिव र २०८० सालमा सहसचिव हुनुभएको हो । गएको १ वर्षदेखि उहाँ पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत हुनुहुन्थ्यो । त्यस अघि उहाँले लुम्बिनी प्रदेशको रेसुङ्गा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरिसक्नुभएको छ ।

    साउन २० गतेको मन्त्री परिषदको निर्णयबाट उहाँ पोखरा महानगरपालिकाबाट काठमाडौँ महानगरपालिकामा सरुवा हुनुभएको हो । आज नै आयोजना गरिएको परिचयात्मक कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्यालले, काठमाडौँलाई स्थानीय सुशासन, स्वशासन, विकास र व्यवस्थापनको सिकाइ केन्द्रका रुपमा छवि विकास गर्ने गरी आफूले कर्मचारी प्रशासनको नेतृत्व गर्ने बताउनुभयो । ‘काठमाडौँबाट अहिले पनि धेरै पालिकाले धेरै कुरा सिकिरहनुभएको छ । महानगरपालिकाका अन्य कामलाई पनि सिकाइ योग्य बनाउनु पर्छ ।

    यसका लागि कर्मचारी तटस्थता हाम्रो मुख्य आचरण हो । यससँगै कर्मचारीका आचार र आचरणमा कतै पनि कमजोरी हुन दिनुहुँदैन ।’ उहाँले भन्नुभयो, ‘उपभोक्ताको छनोटका आधारमा सामुहिक निर्णयबाट कार्यक्रम कार्यान्वनयमा लैजानुपर्छ । यसबाट सबैतिर लाभ पुग्छ ।’ यस अघि सरोज गुरागाईँ काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्थ्यो । उमेर हदका कारण उहाँ साउन २० गते अनिवार्य अवकाशमा जानुभएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ