Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

BYD को एट्टो सिरिजमा ठूलो अपग्रेड, नयाँ फिचरसहित एक्स्पोमा सार्वजनिक


ग्लोबल पाना
मंगलबार, साउन २६ २०८३
  • 233
    SHARES

  • images
    BYD को एट्टो सिरिजमा ठूलो अपग्रेड, नयाँ फिचरसहित एक्स्पोमा सार्वजनिक

    काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाइमा मोबिलिटी एक्स्पो २०२६ मा BYD ले आफ्ना एट्टो सिरिजका नयाँ तथा अपग्रेडेड मोडल सार्वजनिक गरेको छ ।
    एक्स्पोमा एट्टो १, एट्टो २ र एट्टो ३ का नयाँ भर्सन प्रदर्शनमा राखिएका छन् । सबैभन्दा रोचक अपग्रेड एट्टो १ मा देख्न सकिन्छ। अब एट्टो १ मा ३६० डिग्री क्यामेरा, वायरलेस चार्जर र अटोमेटिक फोल्डिङ साइड मिरर थप गरिएको छ ।

    images
    images
    images

    यस्तै, एट्टो २ मा नयाँ इसेन्सियल भेरियन्ट थपिएको छ भने एट्टो ३ मा फेसलिफ्ट भर्सन ल्याइएको छ । तीनवटै मोडल BYD को ब्लेड ब्याट्री टेक्नोलोजी र ई–प्लेटफर्म ३.० मा आधारित छन् । मूल्यतर्फ एट्टो १ को सुरुवाती मूल्य ३० लाख ७५ हजार रुपैयाँ रहेको छ। एट्टो २ इसेन्सियलको मूल्य ४५ लाख ९५ हजार र एट्टो ३ एडभान्सको मूल्य ६२ लाख ९० हजार रुपैयाँ तोकिएको छ । एट्टो ३ सुपेरियरको मूल्य भने ७८ लाख रुपैयाँ रहेको छ । एक्स्पोको अवसरमा BYD ले ग्राहकलाई एक वर्षको सडक कर, अटो प्लस इन्स्योरेन्स, निःशुल्क एसेसोरिज र एक वर्षको BYD एप सुविधा दिने जनाएको छ ।

    BYD को दाबीअनुसार एट्टो १ विशेषगरी नेपाली सडकलाई ध्यानमा राखेर उपयुक्त विकल्प बन्न सक्छ । यसको १७५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, छोटो ह्विलबेस र कम्प्याक्ट डिजाइनले शहरीसँगै ग्राभेल सडकमा समेत सहजता दिने कम्पनीको भनाइ छ । नेपालमा विद्युतीय गाडीको बजार विस्तार भइरहेका बेला BYD ले एट्टो सिरिजमा गरेको यो अपग्रेडले ग्राहकलाई थप विकल्प र नयाँ फिचर उपलब्ध गराएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ