Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नाइमा मोबिलिटी एक्स्पोमा BYD का अपग्रेडेड एट्टो सिरिज, यस्तो छ नयाँ फिचर र मूल्य


ग्लोबल पाना
शुक्रबार, साउन २९ २०८३
  • 202
    SHARES

  • images
    नाइमा मोबिलिटी एक्स्पोमा BYD का अपग्रेडेड एट्टो सिरिज, यस्तो छ नयाँ फिचर र मूल्य

    काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा सोमबारदेखि सुरु भएको नाइमा मोबिलिटी एक्स्पो २०२६ मा BYD ले आफ्ना एट्टो सिरिजका अपग्रेडेड मोडलहरू प्रदर्शनमा राखेको छ । एक्स्पोमा एट्टो १, एट्टो २ र एट्टो ३ का नयाँ तथा परिमार्जित भर्सनलाई प्रमुखताका साथ प्रस्तुत गरिएको छ । BYD भक्तपुर शाखाका म्यानेजर रोजन महर्जनका अनुसार तीनवटै मोडलमा ग्राहकको सुरक्षा, सुविधा र ड्राइभिङ अनुभवलाई लक्षित गर्दै नयाँ फिचर थप गरिएको छ ।

    images
    images
    images

    एट्टो १ मा ३६० डिग्री क्यामेरा अपग्रेड गरिएको एट्टो १ मा यसअघि उपलब्ध नभएको ३६० डिग्री क्यामेरा थप गरिएको छ। यससँगै वायरलेस चार्जर र अटोमेटिक फोल्डिङ साइड मिररको सुविधा पनि थपिएको कम्पनीले जनाएको छ ।महर्जनका अनुसार एट्टो १ को सानो आकार, छोटो ह्विलबेस र १७५ मिलिमिटर ग्राउन्ड क्लियरेन्सका कारण यो नेपाली सडकका लागि उपयुक्त मोडल हो । सामान्य ग्राभेल तथा केही कठिन सडकमा समेत सहज रूपमा चलाउन सकिने उनको दाबी छ ।

    एट्टो २ मा नयाँ इसेन्सियल भेरियन्ट
    BYD ले एट्टो २ मा नयाँ इसेन्सियल भेरियन्ट थप गरेको छ । कम ब्याट्री क्षमतासहित आएको यो भेरियन्टलाई एट्टो २ सिरिजमा थप विकल्पका रूपमा प्रस्तुत गरिएको छ। एक्स्पोमा एट्टो २ को प्रिमियम भेरियन्टसमेत प्रदर्शनमा राखिएको छ ।

    फेसलिफ्ट डिजाइनमा एट्टो ३
    एट्टो ३ मा भने नयाँ फेसलिफ्ट भर्सन ल्याइएको छ। नयाँ डिजाइन तथा परिमार्जित स्वरूपसहितको एट्टो ३ एक्स्पोमा आकर्षणको केन्द्र बनेको कम्पनीको भनाइ छ । BYD का अनुसार एट्टो १, एट्टो २ र एट्टो ३ तीनवटै मोडल ब्लेड ब्याट्री टेक्नोलोजी र ई–प्लेटफर्म ३.० मा आधारित छन् ।

    एट्टो सिरिजको मूल्य
    नेपालमा BYD एट्टो सिरिजका विभिन्न भेरियन्टको मूल्य यसप्रकार छ:
    एट्टो १ डाइनामिक: ३० लाख ७५ हजार रुपैयाँ
    एट्टो १ प्रिमियम: ३४ लाख ८० हजार रुपैयाँ
    एट्टो २ इसेन्सियल: ४५ लाख ९५ हजार रुपैयाँ
    एट्टो २ प्रिमियम: ४८ लाख ९९ हजार रुपैयाँ
    एट्टो ३ एडभान्स: ६२ लाख ९० हजार रुपैयाँ
    एट्टो ३ सुपेरियर: ७८ लाख रुपैयाँ

    एक्स्पोमा BYD को विशेष अफर
    नाइमा मोबिलिटी एक्स्पोको अवसरमा BYD ले ग्राहकका लागि विभिन्न सुविधा उपलब्ध गराएको जनाएको छ । कम्पनीका अनुसार ग्राहकले एक वर्षको सडक कर, अटो प्लस इन्स्योरेन्स, निःशुल्क एसेसोरिज र एक वर्षको BYD एप सुविधा पाउनेछन् । BYD को स्टल एक्स्पोको हल नम्बर ५, मुख्य प्रवेशद्वारबाट प्रवेश गरेपछि नजिकै राखिएको छ। ग्राहकले एक्स्पोस्थलमै गाडी अवलोकन गर्नुका साथै अनलाइनमार्फत बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ । BYD ले नेपालभर २० भन्दा बढी शोरुम र १३ भन्दा बढी सर्भिस सेन्टर सञ्चालनमा रहेको जनाएको छ ।

    थप चारवटा सर्भिस सेन्टर निर्माणाधीन रहेको कम्पनीको भनाइ छ । उपत्यकाबाहिरका ग्राहकलाई लक्षित गर्दै रोडसाइड असिस्टेन्सको सुविधा पनि उपलब्ध गराइएको छ । साउन ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा ५१ वटा स्टलमा ५५ भन्दा बढी सवारीसाधन प्रदर्शनमा राखिएका छन्। विभिन्न कम्पनीले नयाँ प्रविधि र विद्युतीय सवारीका पछिल्ला मोडल प्रदर्शन गरिरहेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ