Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

जन आकाश साप्ताहिकको १९ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न


ग्लोबल पाना
बुधबार, भदौ ३ २०८३
  • 161
    SHARES

  • images
    जन आकाश साप्ताहिकको १९ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

    काठमाडौँ । सत्य, तथ्य र प्रभावकारी समाचार सम्प्रेषण गर्दै आएको जन आकाश साप्ताहिकले आफ्नो स्थापनाको १९ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । आइतबार नेपाल प्रज्ञा-प्रतिष्ठान, काठमाडौँमा आयोजित विशेष समारोह पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्य तथा जन आकाश पत्रिकाका प्रवन्ध निर्देशक तथा अध्यक्ष मोहन कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शान्तराम बिडारीको विशिष्ट आतिथ्य रहेको सो समारोहमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सूर्य सुवेदीको आतिथ्य रहेको थियो ।

    images
    images
    images

    उक्त अवसरमा विनोद कार्कीद्वारा रचित 'फूल भिरैमा' बोलको लोकआधुनिक गीतको लोकार्पण समेत गरिएको थियो । कार्यक्रमकी प्रमुख अतिथि पूर्वउपसभामुख तथा प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले आफूले रामेछापका विभिन्न भूभाग घुमेको र त्यहाँको प्रकृति कुनै पनि युरोपेली देशको भन्दा कम नरहेको बताइन् । साथै, विमानस्थलको वरिपरि फूल रोपेर चारैतिर सुन्दर बनाउन सकिएमा आन्तरिक पर्यटन प्रवर्द्धनमा यथेष्ट सहयोग पुग्ने उनको भनाइ थियो । रानामगरले रामेछापवासीको एकता, भाइचारा र सहयोगी भावनाले आफूलाई खुसी बनाएको समेत बताइन् । जन आकाश साप्ताहिकद्वारा आयोजित ‘स्रष्टा सम्मान तथा १९ औँ वार्षिकोत्सव समारोह’ मा आफ्नो मन्तव्य राख्दै रानामगरले सञ्चार क्षेत्र निष्पक्ष र सन्तुलित हुन नसकेको टिप्पणी गर्दै लोकतान्त्रिक मुलुकमा नागरिक अधिकारको संरक्षण गर्न सञ्चार क्षेत्र राज्यका सबै निकायको प्रभावबाट मुक्त भई तटस्थ हुनुपर्नेमा जोड दिइन् ।

    साथै, समाजमा घटेका सत्यतथ्य घटनालाई सञ्चारकर्मीले जस्ताको तस्तै देखाउने ऐनाको भूमिका निर्वाह गर्नुपर्ने बताइन् । आमसञ्चार माध्यम सबै पक्षको साझा संस्था र पत्रकारिता ‘दोस्रो संसद्’ का रूपमा स्थापित हुनुपर्नेमा जोड दिँदै वर्तमान अवस्थामा देखा परेका सञ्चार क्षेत्रका समस्याहरूको उचित निदान गरी निष्कर्षमा पुग्नुपर्ने कुरा उनले व्यक्त गरिन् । समारोहमा वरिष्ठ पत्रकार सम्मानबाट राष्ट्रवाणी साप्ताहिकका सम्पादक एवं वरिष्ठ पत्रकार ताराचन्द्र देवकोटा,युवा पत्रकार सम्मानबाट अनिश अबिरल र सुसेली सम्मानबाट चन्द्रा न्यौपाने लगायत विभिन्न व्यक्तित्वहरू सम्मानित भएका छन् ।

    जन आकाश राष्ट्रिय साप्ताहिक, जन आकाश अनलाइन र जन आकाश टिभी (युट्युब) च्यानल सञ्चालन गर्दै आएको जन आकाश मिडिया प्रा.लि.को १९ औँ वार्षिकोत्सवका अवसरमा समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका वार्षिकोत्सवका अवसरमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका नेपाल पत्रकार महासंघ काठमाडौँका वरिष्ठ उपाध्यक्ष हेमबहादुर रानामगर , नेपाल सरकारका सहसचिव सुरेश श्रेष्ठ,साहित्यकार सुशीला ढकाल अधिकारी लक्ष्मण बस्नेत ,कल्याण खड्का, पार्वती पैडेल ,अम्बिर कार्की , दामोदर ढकाल, रुबि सत्याल, गङ्गा खतिवडा, नवीन पल्लवलगायत सयौं कलाकार, पत्रकार, गायक, सङ्गीतकार तथा मोडलहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवं काठमाडौँ शाखाका पूर्वअध्यक्ष सूर्य सुवेदीले लेखेकै आधारमा पत्रकारमाथि हुने ज्यादती तथा धरपकडप्रति असन्तुष्टि जनाउँदै राज्यको चौथो अङ्गका रूपमा रहेको प्रेसको घाँटी निमोठ्न नहुने बताए । कार्यक्रमका अध्यक्ष तथा 'जन आकाश'का प्रबन्ध निर्देशक मोहन कार्कीले समारोहलाई सम्बोधन गर्दै संस्था यहाँसम्म आइपुग्दा पार गरेका सङ्घर्षका चरणहरूबारे प्रकाश पारे ।

    सो अवसरमा जन आकाश मिडियाका अध्यक्ष कार्कीको सफलताको कथालाई मार्मिक रूपमा प्रस्तुत गरिएको थियो । साथै, संस्था स्थापनाको दशौँ वर्षदेखि वार्षिकोत्सवका अवसरमा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका विशिष्ट व्यक्तिहरूलाई सम्मान गर्ने परम्परा थालिएको र यस्ता सामाजिक उत्तरदायित्वका कार्यहरूलाई निरन्तरता दिइने कुरा पनि अध्यक्ष कार्कीले बताए । उनले कार्यक्रम सफल पार्न प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने र उपस्थित सम्पूर्ण महानुभावहरुप्रति हार्दिक आभार व्यक्त गरे । सो समारोहलाई सम्बोधन गर्दै प्रेस काउन्सिल सदस्य शान्तराम बिडारीले भने, “राजनीतिक प्रतिशोधका आधारमा आज कलमलाई हतकडी लगाइएको छ ।

    सत्य, कला र सिर्जनाका विषयमा प्रश्न गर्ने कलमको तागतलाई कसैले पनि रोक्न हुँदैन’’। समाचारले कहिलेकाहीँ सत्य र असत्यको पर्दाफास गर्न सक्ने र त्यो सरकारको पक्ष वा विपक्षमा हुँदा कसैलाई अपाच्य पनि हुन सक्ने उल्लेख गर्दै मिडियामा आएका सामग्रीबारे उजुरी दिने आधिकारिक निकाय प्रेस काउन्सिल नेपाल नै भएको उनले स्पष्ट पारे । तसर्थ, एक निकायको अधिकार हनन गरेर राज्यको अर्को अङ्ग प्रहरी यस विषयमा सक्रिय हुन नहुने उनको विचार थियो । कार्यक्रममा उस्थित हुन नसकेपनि बृद्धा अवस्थामा रहेका पुर्व उपरथी तेज प्रकाश बाँनिया र बरिष्ठ समाजसेबी भद्रकुमारी घलेले शुभकामन सन्देश मार्फत जन आकाश पत्रिका परिवार तथा मोहन कार्की लगायतको टिमलाई आर्शिवाद शहितको शुभकामना सन्देश कविता पठाएका थिए ।

    गीतकार, साहित्यकार, पत्रकार र लेखक समेतका रुपमा परिचय निर्माण मोहन कार्की बहुमुखी प्रतिभा ले सम्पन्न व्यक्तित्व हुन् । उनले लेखेको माइली उपन्यास, कृपज विकासवादी कृति, आउन साथी आऊ सवै मिली विजयको मिठो गीत गाऊँ र मलाइ सुन्दर नेपाल बनाउने रहर छ, बोलको स्वदेश गान सार्वजनिक गरिसकेका अध्यक्ष कार्कीलाई नेपाल व्यापार सङ्घका अध्यक्ष गिरिराज पोखरेल, सगरमाथा आरोहण सङ्घका अध्यक्ष दिवस पोखरेल, नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष विष्णु भण्डारी, वरिष्ठ पत्रकार भरत ढकाल, सुसेली प्रवर्धक दुर्गा अधिकारी भमरकोटे लगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सन्चालन बिजेन्द्र नौवागेद्वारा सहजीकरण गरिएको कार्यक्रम सभ्य एवं भव्य रुपमा सम्पन्न गरिएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ