काठमाडौं । गत सोमबार टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गएको शक्तिशाली भूकम्पमा परी दशौं हजारले ज्यान गुमाउनुका साथै ठूलो मात्रामा हातहाती भएपछि अहिले अन्तर्राष्ट्रिय स्तरबाटै राहत तथा उद्दारको काम चलिरहेको छ । टर्कीको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै नेपालबाट पनि राहत सामाग्री पठाउने तयारी गरिएको छ ।
टर्कीमा भएको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै नागरिकको पिडामा मल्हम लगाउन नेपाली कांग्रेसका महासमिति सदस्य एवं औषधि व्यवसायी डा. अबुल हुसेन अन्सारीले नेपाल इस्लामी संघलाई आज रु. ५१००० नगद सहयोग गर्दै आम नेपाली नागरिकहरूलाई समेत सहयोग गर्न आह्वान गरेका छन् । विनासकारी भुकम्पवाट उब्जिएको यो कठिन परिस्थितिमा नेपालीहरुद्धारा मानवियताका साथ इस्लामी संघ नेपालको नेतृत्वमा यतिबेला काठमाण्डौमा पनि राहत सामाग्री जुटाउन थालिएको छ ।
नयाँ दिल्ली स्थित टर्कीस दूतावाससँगको सहकार्यमा इस्लामी संघ नेपालले उक्त कार्यको नेतृत्व गरिरहेको छ । टर्की तथा त्यस आसपासका भूकम्प प्रभावित नागरिकहरूका लागि पहिलो चरणमा बिहीबार अंकारा पठाउने तयारीको लागी बुधबार साँझ नै टर्किस एयरलाइन्सलाई राहत सामाग्री हस्तान्तरण गरिएको छ ।
नेपालमा सन् २०१५ मा गएको महा विनाशकारी भूकम्पमा परेका नेपालीहरूलाई राहत तथा उद्दारमा गरेको सहयोगलाई मध्यनजर गर्दै नेता अन्सारीले सबै नागरिकलाई सहयोगको लागि आग्रह गरेका हुन् । सन् २०१५ मा नेपालमा गएको महा विनाशकारी भूकम्पमा टर्किस सम्बन्धि ७ वटा संगठनले नेपालमा भूकम्प पीडितका लागि राहत तथा उद्दार गर्न खटिएका थिए । नेपाल इस्लामी संघका अध्यक्ष खुर्सीद आलमका अनुसार नेपालबाट पहिलो चरणमा नेपालबाट २ हजार थान ज्याकेट, पाँच सय बढी ब्ल्याङ्केट एवं लत्ताकपडा पठाउने तयारी गरिएको छ ।
टर्किस एयरलाइन्ससँगको समन्वयमा नेपालबाट निःशुल्क रूपमा नै टर्किस एयरलाइन्सको कार्गो विमान मार्फत सहयोग हस्तान्तरण गर्न लागिएको नेपाल इस्लामी संघका समन्वयकर्ता अबुल कलाम मियाले जानकारी दिए । इस्लामी संघ नेपाल मार्फत नै आधिकारिक रूपमा टर्किस नागरिकको लागि सहायता गर्न सकिने छ । उक्त परोपकारी कार्य गर्न चाहने नागरिकहरूलाई नेपाल इस्लामी संघ मार्फत नै सहयोग गर्न समेत संघले आग्रह गरेको छ । निजि क्षेत्रबाट सहयोगी हातहरू अगाडि बढ्दा समेत नेपाल सरकारले भने अहिलेसम्म टर्की सहयोग गर्ने बारे कुनै निणर्य गरेको छैन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


