Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की, पदबहाली


ग्लोबल पाना
आइतबार, भदौ ७ २०८३
  • 142
    SHARES

  • images
    नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की, पदबहाली

    काठमाडौं । नागरिक लगानी कोषका नवनियुक्त कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले शुक्रबार पदबहाली गरेका छन् । पदबहालीको अवसरमा उनले सुशासन र सेवा प्रवाहलाई प्रभावकारी रूपमा सञ्चालन गर्न कोषले गर्दै आएको कार्यलाई अझ चुस्त र पारदर्शी रूपमा अघि बढाउने बताए ।

    images
    images
    images

    साथै कोषमा रहेको ठूलो फण्डलाई सरकारका प्राथमिकतामा रहेका परियोजना र उत्पादनशील क्षेत्रमा परिचालन गरी मुलुकको आर्थिक विकासमा कोषले योगदान पुर्याउन विशेष जिम्मेवारीको साथ कार्य गर्नुपर्ने बताए । कार्यकारी निर्देशक कार्कीले आफूले यो भन्दा अघि पनि कोषको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहि सकेकोले कोषको बारेमा आफू जानकार रहेको हुँदा आगामी दिनमा कोषलाई थप प्रभावकारी रूपमा अघि बढाउन आफू प्रतिबद्ध रहेको बताए ।

    उनलाई नेपाल सरकार, मन्त्रिपरिषदको २०८३।०५।०३ गतेको बैठकले कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ