Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

गरिमा चौधरी हत्याप्रति सिजपको गम्भीर ध्यानाकर्षण, दोषीलाई कडा कारबाहीको माग


ग्लोबल पाना
आइतबार, भदौ ७ २०८३
  • 345
    SHARES

  • images
    गरिमा चौधरी हत्याप्रति सिजपको गम्भीर ध्यानाकर्षण, दोषीलाई कडा कारबाहीको माग

    बारा । बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको विभत्स हत्याप्रति बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सिजपले देशका विभिन्न स्थानमा समय–समयमा बालिका तथा किशोरीमाथि भइरहेका बलात्कार, यौन दुर्व्यवहार, हिंसा तथा अनलाइन हिंसाका घटनाप्रति पनि चिन्ता व्यक्त गरेको छ । सिजपले दिवंगत गरिमा चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।

    images
    images
    images

    सिजपका अनुसार बालबालिकामाथि हुने यस्ता घटना नेपालको संविधान, बालबालिका सम्बन्धी ऐन, २०७५, मुलुकी अपराध संहिता, २०७४ तथा नेपाल पक्ष राष्ट्र रहेको बालअधिकार सम्बन्धी महासन्धि (CRC) लगायतका कानुनी तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत छन् । बालबालिकालाई हिंसा, शोषण र दुर्व्यवहारबाट संरक्षण गर्नु राज्यको प्रमुख दायित्व भएको सिजपले जनाएको छ । सिजपले घटनाको निष्पक्ष र शीघ्र छानविन गरी दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न सरकारसँग माग गरेको छ । साथै पीडित तथा परिवारलाई न्याय, निःशुल्क कानुनी सहायता, स्वास्थ्य सेवा र मनोसामाजिक परामर्श उपलब्ध गराउन आग्रह गरेको छ । बालबालिकाले घर, विद्यालय, सार्वजनिक स्थल तथा अनलाइनमा सुरक्षित वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने, स्थानीय तह र विद्यालयमार्फत बालअधिकार, कानुनी साक्षरता तथा अभिभावक शिक्षालाई प्रभावकारी बनाउनुपर्ने सिजपको माग छ ।

    त्यसैगरी बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार, बलात्कार तथा शोषणका घटनाको प्रभावकारी र निष्पक्ष छानविनका लागि उच्चस्तरीय संयन्त्र वा राष्ट्रिय बाल अधिकार आयोग गठन गर्न तथा राष्ट्रिय मानव अधिकार आयोगलगायत सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन गर्न सिजपले आग्रह गरेको छ । सिजपले सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई पीडितको गोपनीयता र बाल मनोविज्ञानप्रति संवेदनशील बन्नसमेत अपिल गरेको छ। घटनासँग सम्बन्धित विभत्स तस्बिर, भिडियो, शवका दृश्य तथा पीडित बालिका वा किशोरीको पहिचान खुल्ने फोटो, नाम वा अन्य व्यक्तिगत विवरण सार्वजनिक नगर्न आग्रह गरिएको छ ।

    यस्ता दृश्य तथा सामग्रीको अनियन्त्रित प्रसारले पीडितको गोपनीयता र सम्मानको अधिकारमा असर पार्नुका साथै अन्य बालबालिकामा डर, त्रास तथा मनोसामाजिक असर पर्न सक्ने भन्दै सिजपले अभिभावक, सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई विशेष संवेदनशीलता अपनाउन आग्रह गरेको छ । बालबालिकामाथि हुने हिंसा अन्त्य गर्नु राज्य र समाजको साझा जिम्मेवारी भएको उल्लेख गर्दै सिजपले हरेक बालबालिकाले भय, हिंसा र दुर्व्यवहारमुक्त वातावरणमा सुरक्षित, सम्मानित र मर्यादापूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सम्बन्धित सबै पक्षसँग माग गरेको छ ।

    Screenshot_20260823_091535_Photo Editor.jpg

     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ