Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढी खाचोँ छ : राष्ट्रपति


ग्लोबल पाना
सोमबार, भदौ ८ २०८३
  • 211
    SHARES

  • images
    हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढी खाचोँ छ : राष्ट्रपति

    काठमाडौंँ । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढी खाचोँ भएको बताउनुभएको छ । नेपाल जनप्रशासन संघद्धारा आयोजित हेमबहादुर मल्ल सम्मान वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रविधि र क्षमता अरुबाट लिएर पनि उपयोग गर्न सकिने तर आचरण, नैतिकता र इमान्दारीता आफ्नै अन्तस्करणको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘आधुनिक प्रविधिसँगै आधुनिक प्रशासन चाहिने भएपनि आधुनिक प्रशासनको आधार पनि नैतिक र जिम्मेवार नेतृत्व नै हो भन्ने भावलाई बिर्सन नहुने बताउनुभएको छ । उहाँले भन्नुभयो– ‘मलाई लाग्दछ, आज हाम्रो समाजलाई त्यही नैतिकता, आचरण र इमान्दारीताको अलिक बढी खाचाँे छ ।’ राष्ट्रपति पौडेलले प्रविधिको विकास र परिवर्तनको गति आजको युगमा तीव्र भएकाले उल्लेख गर्दै भन्नुभयो– ‘कृत्रिम बुद्धिमत्ता, डिजिटल शासन, विश्वव्यापीकरण र नयाँ आर्थिक संरचनाले प्रशासन र व्यवस्थापनका परम्परागत अभ्यासलाई समयसँगै बदलिदिएको छ ।

    images
    images
    images

    परन्तु प्रविधि परिवर्तन भए पनि केही मूल्य कहिल्यै पुराना हुँदैनन्– इमानदारी, अनुशासन, जिम्मेवारी, नैतिकता, मानवता र सार्वजनिक हितप्रतिको प्रतिबद्धता ।’ उहाँले मुलुकको बदलिँदो परिवेशमा जनताको विकासको चाहनालाई सुशासनका माध्यमबाट पूरा गर्नुपने भन्दै सूचना प्रविधिको विकाससँगै विस्तार भएको विश्वव्यापीकरण र आधुनिकीकरणको वर्तमान समयमा राज्यको सफलता र विकासको मापन केवल आर्थिक विकासको सूचकबाट मात्र हेर्ननहुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘जनताले राज्यबाट झन्झटरहित तरिकाले पाउने छिटोछरितो गुणस्तरीय सेवा, निर्णय प्रक्रियाको पारदर्शिता, संस्थाको जवाफदेहिता, न्यायपूर्ण व्यावहार, विधिको शासन र सार्वजनिक संस्थाप्रतिको विश्वास हो भन्ने पनि हामीले बिर्सनुहुँदैन ।’

    राष्ट्रपति पौडेलले वास्तवमा दिगो विकास सक्षम संस्था, दक्ष संस्थागत नेतृत्वसहित उच्च नैतिकता, व्यावसायिकता र उत्तरदायित्वको संस्कृतिमा निर्भर रहने उल्लेख गर्दै भन्नुभयो –‘यसमा नेपाल जनप्रशासन सङ्घजस्ता पेसागत तथा प्राज्ञिक संस्थाले नीति निर्माण, प्रशासनिक सुधार, सार्वजनिक सेवा प्रवाह र सुशासनका क्षेत्रमा विगतमा जस्तै अझै प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास मैले लिएको छु ।’ उहाँले नेपाल जनप्रशासन सङ्घ र साल्ट ट्रेडिङ कर्पोरेसनले एक सफल प्रशासक तथा व्यवस्थापकका रूपमा स्थापित स्वर्गीय हेमबहादुर मल्लको योगदानलाई सदा स्मरणीय बनाउन सम्मान कार्यक्रमलाई यसरी निरन्तरता दिनु खुसीको विषय भएको भन्दै राज्य, पेसागत संस्था, सार्वजनिक संस्थान र समाजबीचको सहकार्यले राष्ट्रनिर्माणका लागि आवश्यक सकारात्मक मूल्यहरूलाई संस्थागत गर्न सक्ने बताउनुभयो । उहाँले सबैको साझा प्रयासबाट मात्र न्यायपूर्ण, सक्षम, उत्तरदायी र समृद्ध नेपाल निर्माण गर्न सकिने भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै नागरिकको अपेक्षाअनुरूप देश विकासको चाहनालाई मूर्तरूप दिनु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभयो ।

    राष्ट्रपति पौडेलले हेमबहादुर मल्ल सम्मानबाट सम्मानित हुनुभएका डा. रामकण्ठ माकजू श्रेष्ठ र रामेश्वरप्रसाद खनाललाई बधाई दिदैँ उहाँहरू आफ्नो सार्वजनिक सेवाप्रतिको समर्पण र राष्ट्रनिर्माणप्रतिको योगदान सम्मानित हुनुभएको स्पष्ट पार्नुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ