Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

बाढी प्रभावितलाई अपि पावरको मल्हम, तत्काल ३५ लाख सहयोग


ग्लोबल पाना
बिहीबार , भदौ ११ २०८३
  • 136
    SHARES

  • images
    बाढी प्रभावितलाई अपि पावरको मल्हम, तत्काल ३५ लाख सहयोग

    काठमाडौं । भदौ १० गते बुधबार बिहान भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि अपि पावरले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मार्फत आर्थिक सहयोग प्रदान गरेको छ । सरकारको कोषमा अपि पावर कम्पनीले ३५ लाख रुपैयाँ तत्काल सहयोग उपलब्ध गराएको हो ।

    images
    images
    images

    यो सहयोग रकमले तत्कालै प्रभावित नागरिकहरूको खोज र उद्धारमा सहयोग पुग्ने विश्वास कम्पनीकी अध्यक्ष सिर्जना खड्काले व्यक्त गरेकी छिन्। उनले खोज र उद्दार कार्यपछि प्रभावितहरुको दीर्घकालीन पुनर्स्थापनाका लागि समेत आवश्यक अनुसार थप सहयोगको लागि कम्पनी तत्पर रहेको बताएकी छिन्। अपि पावरले बाढीका कारण विभिन्न जलविद्युत आयोजना र अन्य संरचनामा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

    अपि पावरले ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । अपि पावरले विभिन्न जलविद्युत आयोजनाका कर्मचारीसहित सम्पूर्ण बेपत्ता नागरिकहरूको तत्काल खोजी र उद्धारको लागि सम्बन्धित निकायसँग जोडदार आग्रह गरेको छ । अपि पावरले यस विषम् परिस्थितिमा थप जनधनको क्षति हुन नदिन अधिकतम् सावधानी अपनाउँदै आ–आफ्नो क्षेत्रबाट खोज, उद्धार र राहतमा सक्दो सहयोग गर्न पनि सबैमा आग्रह गरेको छ ।

    अपि पावर कम्पनीले हाल ५६ मेगावाट क्षमताका जलविद्युत आयोजना र ६ मेगावाट क्षमताका सौर्य आयोजना निर्माण सम्पन्न गरि नियमित विद्युत उत्पादन गरिरहेको छ । साथै एक दर्जन वटा सहायक कम्पनीहरु मार्फत विभिन्न जलविद्युत, कृषि, पर्यटन र पूर्वाधार क्षेत्रमा पनि काम गरिरहेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ