Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

विपद्को यस घडीमा साथ दिऔँ : विदेशबाट सहयोग पठाउन आइएमईमार्फत निःशुल्क सुविधा


ग्लोबल पाना
शुक्रबार, भदौ १२ २०८३
  • 177
    SHARES

  • images
    विपद्को यस घडीमा साथ दिऔँ : विदेशबाट सहयोग पठाउन आइएमईमार्फत निःशुल्क सुविधा

    काठमाडौं.। प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन विदेशमा रहेका नेपाली तथा अन्य सहयोगी मनहरूले आइएमईमार्फत नेपालमा निःशुल्क रकम पठाउन सक्ने भएका छन् । आइएमईका अनुसार विदेशबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषका लागि विभिन्न बैंकमा रहेका खातामा आइएमईमार्फत सिधै निःशुल्क रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ ।

    images
    images
    images

    यस सुविधाले विदेशबाट पठाइने सहयोग रकम सहज रूपमा नेपालमा प्राप्त गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । त्यस्तै, नेपालभित्रबाट पनि खल्ती बाइ आइएमईमार्फत सरकारी कोषमा सिधै निःशुल्क रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको आइएमईले जनाएको छ। विपद्को कठिन समयमा प्रभावित परिवारलाई सहयोग गर्न आइएमईले सबैलाई आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोगका लागि हातेमालो गर्न अपिल गरेको छ ।

    कम्पनीले राहत, उद्धार तथा पुनर्स्थापनाका प्रयासमा सरकारलाई हरसम्भव सहयोग पुर्‍याउन आग्रहसमेत गरेको छ। यसैबीच, रसुवा जिल्लाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति आइएमई ग्रुपले गहिरो दुःख तथा सहानुभूति व्यक्त गरेको छ । साथै, उद्धार, राहत तथा पुनर्स्थापनामा अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायप्रति ग्रुपले आभार व्यक्त गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ