Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

ओली नेतृत्वको उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक बस्दै


ग्लोबल पाना
बिहीबार , माघ २६ २०७९
  • 338
    SHARES

  • images
    ओली नेतृत्वको उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक बस्दै

    काठमाडौं । सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक बस्दैछ ।

    images
    images
    images

    बुधवार अध्यक्ष ओलीको वालकोटस्थित निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओली बिच भएको भेटवार्ता पछि आज संयन्त्रको बैठक बस्न लागेको हो । सो भेटपछि प्रधानमन्त्री प्रचण्डले सो बैठक पछि संयन्त्रको बैठक बसाउन दुवै नेता बिच सहमति भएको जानकारी दिएका थिए ।

    दुई महिना नपुग्दै रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रचण्ड सरकारवाट बाहिरिएको स्थीति र माओवादी केन्द्रले ‘सहमतीय राष्ट्रपति’को अडान लिए पछि सत्तारुढ दलमा खटपटी सुरु भएको अवस्थामा यो बैठक बस्न लागेको हो ।

    बैठकमा मुख्यतः प्रचण्ड सरकारको पुणर्ता, राष्ट्रपतिको निर्वाचनलगायतको बिषयमा छलफल हुनेछ । प्रधानमन्त्री निवास वालुवाटारमा हुने संयन्त्रको बैठकमा एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत सत्ता साझेदारका प्रतिनिधि नेताहरुको उपस्थीति रहनेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ