नुवाकोट । भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले कारितास नेपालले नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको छ ।
जिल्ला प्रशासन कार्यालय, नुवाकोटको समन्वयमा सम्बन्धित निकायसँग सहकार्य गर्दै राहत सामग्री जिल्ला समन्वय समिति भवन, नुवाकोटमा हस्तान्तरण गरिएको हो ।
बाढीबाट प्रभावित परिवारको तत्कालीन आवश्यकतालाई सम्बोधन गर्दै राहत तथा मानवीय सहयोगलाई प्रभावित क्षेत्रमा पुर्याउने कार्यलाई कारितास नेपालले निरन्तरता दिएको जनाएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


