काठमाडौं । काठमाडौंमा सम्पन्न ‘नाडा अटो शो २०२६’ मा माछापुच्छ्रे बैंकको स्टल उत्कृष्ट घोषित भएको छ । बैंक तथा वित्तीय संस्थातर्फ माछापुच्छ्रे बैंकले उत्कृष्ट स्टलको उपाधि हात पारेको हो । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ५०औँ स्वर्णजयन्तीको अवसरमा आयोजित १८औँ संस्करणको नाडा अटो शो भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भएको थियो ।
अटो शोमा सवारीसाधन अवलोकन तथा खरिदका लागि पुगेका ग्राहकलाई लक्षित गर्दै विभिन्न बैंक तथा वित्तीय संस्थाले अटो कर्जा, ब्याजदर, सेवा शुल्क तथा विद्युतीय सवारीसाधनका लागि विशेष वित्तीय योजनासहितका सेवा तथा अफर प्रस्तुत गरेका थिए । यसैबीच माछापुच्छ्रे बैंकको स्टललाई आकर्षक प्रस्तुति तथा बैंकिङ सेवातर्फ उत्कृष्ट ठहर गर्दै सम्मान गरिएको हो ।
नाडाले उत्कृष्ट स्टल छनोटका लागि सम्बन्धित क्षेत्रका प्रतिनिधिसहित तीन सदस्यीय समिति गठन गरेको थियो । समितिले विभिन्न विधाका स्टलको मूल्यांकन गरी पाँच विधामा उत्कृष्ट स्टल घोषणा गरेको हो । चारपांग्रे प्यासेन्जर कारतर्फ BYD, दुईपांग्रे सवारीसाधनतर्फ Yamaha, कमर्सियल चारपांग्रेतर्फ दिगो, अटो कम्पोनेन्टतर्फ Michelin र बैंक तथा वित्तीय संस्थातर्फ माछापुच्छ्रे बैंक उत्कृष्ट घोषित भएका छन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


