काठमाडौं । हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्य सचिव बैकुण्ठ अर्याल नियुक्त भएका छन् । बैंकको हालै बसेको सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपाल सरकारको प्रशासनिक सेवामा लामो अनुभव हासिल गरेका अर्यालले अर्थ, प्रशासन तथा सार्वजनिक व्यवस्थापनका विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् । उनले नेपाल सरकारको मुख्यसचिवका रूपमा समेत काम गरिसकेका छन् ।
बैंकको सञ्चालक समितिको बैठकले यसअघि बैंकको अध्यक्ष रहेका प्रचण्डबहादुर श्रेष्ठको राजीनामा पनि स्वीकृत गरेको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


