काठमाडौं । रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवन लगायत देशका विभिन्न सहरमा आएको फ्ल्यास फ्लडका कारण नेपाल हालै कठिन परिस्थितिबाट गुज्रिरहेको छ । बाढीका कारण धेरै परिवारले घर, जीविकोपार्जनका साधन र कतिपयले आफ्ना प्रियजनसमेत गुमाएका छन् । यस्तो दुःख र कठिनाइको समयमा MAW Group ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १,११,००,००० (एक करोड एघार लाख रुपैयाँ) योगदान गरेको छ ।
यसमार्फत देश पुनःस्थापना र पुनर्निर्माणको प्रक्रियामा अघि बढिरहँदा MAW Group ले नेपाली जनतासँग आफ्नो ऐक्यबद्धता जनाएको छ । फ्ल्यास फ्लडबाट भएको क्षतिको प्रभाव देशभरका विभिन्न समुदायमा परेको छ र पुनःस्थापनाको यात्रा सहज हुने छैन । प्रभावित परिवारलाई तत्काल सहयोग र राहत पुर्याउने उद्देश्यले स्थापना गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत यस योगदानले आफ्नो जीवन पुनःनिर्माण गरिरहेका परिवारलाई केही राहत र सहयोग पुग्ने MAW Group ले विश्वास लिएको छ ।
यस योगदानबारे बोल्दै MAW Group का अध्यक्ष श्री विष्णु कुमार अग्रवालले भन्नुभयो, “यस्ता कठिन परिस्थितिमा कम्पनीले सधैँ राष्ट्र र नेपाली जनताको साथमा उभिने र आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रयास गर्दै आएको छ ।” उहाँले थप्नुभयो, “मानिसहरूले गुमाएको पीडा कुनै पनि योगदानले मेटाउन सक्दैन । तर, अत्यन्त कठिन समयबाट गुज्रिरहेका परिवारलाई यस सहयोगले केही राहत प्रदान गर्ने MAW Group को आशा छ ।”
नेपालले संकटको सामना गरेका हरेक कठिन समयमा MAW Group ले प्रभावित नागरिकको साथमा उभिएर आफ्नो तर्फबाट सहयोग गर्दै आएको छ । यसपटकको योगदान पनि त्यही भावनाको निरन्तरता हो, राष्ट्रलाई आवश्यक परेको समयमा नेपाली जनताको साथमा उभिने निरन्तर प्रयास । कम्पनीले बाढीका कारण आफ्ना प्रियजन गुमाएका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै घर तथा जीविकोपार्जनका साधन गुमाएका सबैप्रति गहिरो सहानुभूति प्रकट गरेको छ ।
MAW Group ले राष्ट्रलाई आवश्यक परेको वर्तमान समय र आगामी दिनहरूमा पनि नेपाल र नेपाली जनताको साथमा निरन्तर उभिने प्रतिबद्धता व्यक्त गरेको छ । साथै, देशभर राहत तथा उद्धार कार्यमा अथक रूपमा खटिरहेका सबैप्रति कम्पनीले आभार व्यक्त गरेको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


