Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नेशनल लाइफ इन्स्योरेन्सद्वारा बाढीपीडितका लागि १ करोड ५१ लाख सहयोग


ग्लोबल पाना
मंगलबार, भदौ १६ २०८३
  • 272
    SHARES

  • images
    नेशनल लाइफ इन्स्योरेन्सद्वारा बाढीपीडितका लागि १ करोड ५१ लाख सहयोग

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारको राहत, पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा गेग्रानसहित आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो ।

    images
    images
    images

    कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले १ करोड ५१ लाख रुपैयाँ बराबरको चेक एक विशेष कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।

    नेशनल लाइफले प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा जुट्न कम्पनीका कर्मचारी तथा अभिकर्ताहरूलाई समेत आग्रह गरेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ