काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको पीडामा साथ दिँदै चामुण्डा सेक्युरिटी प्रा.लि. ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार २०२ रुपैयाँ सहयोग गरेको छ । विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले उक्त रकम उपलब्ध गराएको हो ।
चामुण्डा सेक्युरिटी प्रा.लि. का अध्यक्ष नारायण खड्काले विपद्मा परेका नागरिकको पीडामा साथ दिनु मानवीय तथा सामाजिक दायित्व भएको बताउनुभयो । उहाँले प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आगामी दिनमा समेत कम्पनीको तर्फबाट सक्दो सहयोग निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“भोटेकोशीमा भएको ठूलो मानवीय विपत्तिप्रति हामी गहिरो दुःखी छौं । विपद्को यस कठिन घडीमा पीडित नागरिकसँगै उभिनु हाम्रो सामाजिक दायित्व हो,” अध्यक्ष खड्काले भन्नुभयो ।
विश्वसनीय सुरक्षा सेवाको पहिचान बनाउँदै आएको चामुण्डा सेक्युरिटी प्रा.लि. ले नेपाल सरकारबाट मान्यता प्राप्त गरी देशभर गुणस्तरीय तथा व्यावसायिक सुरक्षा सेवा प्रदान गर्दै आएको छ । दक्ष जनशक्ति र जिम्मेवार सुरक्षा सेवामार्फत ग्राहकको सुरक्षा तथा विश्वासलाई प्राथमिकतामा राख्दै आएको कम्पनीले व्यवसायिक सेवासँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।
विपद्को समयमा कम्पनीले गरेको यो सहयोगले व्यवसायिक जिम्मेवारीसँगै सामाजिक तथा मानवीय उत्तरदायित्वप्रतिको प्रतिबद्धता पनि झल्काएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


