रुपन्देही । देवदहमा किशोरीलाई बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। देवदह नगरपालिका-७ शितलनगरका ३६ वर्षीय मोहन गुरुङ पक्राउ परेका हुन्।
किशोरीका अभिभावकले प्रहरीमा उजुरी दिएका थिए। उजुरीपश्चात् शिक्षक गुरुङ फरार भएका थिए। उनी बुधबार दिउँसो पक्राउ परेको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी दानबहादुर थापाले बताए।
किशोरीलाई सिकाउने बहानामा माघ २० गते होटलमा लगेर जबर्जस्ती करणी गरेको आरोप उनीमाथि छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


