पोखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीलाइ मानव अधिकारको पूर्ण प्रत्याभूत जिल्ला बनाउन आव्हान गर्नुभएको छ । प्रमुख पौडेलले सो कुरा मानव अधिकार सम्बन्धि छैटौं राष्ट्रिय कार्ययोजना (आ.ब.२०८३/८४-२०८७/८८) कार्ययोजना कार्यान्वयन समन्वय बैठकलाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो ।
कास्कीमा मानव अधिकार उल्लंघन र हननका कुरा बढिरहेको कुरा तर्फ इङ्गित गर्दै मानव अधिकारको पूर्ण पालनामा स्थानिय तहहरूले विशेष नीति र कार्यान्वयनको योजना बनाउन आग्रह गर्दै सो को लागि बिशेश बजेटको ब्यबस्था गर्न आग्रह गर्नुभयो । एउटै प्रकृतिका काम गर्ने नागरिकहरू बिचको विभेदको अन्त्य गर्ने दायित्व पूरा गर्न सरकार चुक्न नहुने भन्दै राज्य संरचना गम्भीर हुन नसकेको उल्लेख गर्नुभयो ।
कास्कीको रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाले मानव अधिकारको बिषय हरेक पालिकाले पहिलो प्राथमिकतामा राख्नु पर्ने भन्दै आफू त्यसमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। ओझाले मानव अधिकार हननका बिषयलाइ स्थानिय स्तरमा कानुनी दायरामा ल्याए मात्रै उल्लंघनका घटना न्यूनीकरण हुने उल्लेख गर्नुभयो । बैठकमा जिसस कास्की उप -प्रमुख सरिता माल, जिल्ला समन्वय अधिकारी नवराज बराल, नागरिक समाज कास्कीका अगुवा राम बहादुर पौडेल, गैरसरकारी संस्था महासंघ कास्की अध्यक्ष इन्दिरा पौडेल, जिल्ला बारकास्कीका अध्यक्ष जिसस कास्किका शाखा अधिकृत लक्षु शर्माले छैटौं मानव अधिकार सम्बन्धि राष्ट्रिय कार्ययोजनाको प्रभाबकारी कार्यान्वयनका सन्दर्भमा आफ्नो धारणा राख्नुभएको थियो ।
समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


