Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि ३ करोड ५१ लाख रुपैयाँ सहयोग


ग्लोबल पाना
मंगलबार, भदौ १६ २०८३
  • 181
    SHARES

  • images
    एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि ३ करोड ५१ लाख रुपैयाँ सहयोग

    काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले एनएमबि बैंक लिमिटेडका संचालक समितिका अध्यक्षले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा हुने गरी रु. तीन करोड एकाउन्न लाख रुपैयाँ रकमको चेक अर्थ मन्त्रीलाई हस्तान्तरण गर्नुभयो ।

    images
    images
    images

    साथै, बैंकले उक्त प्रभावित क्षेत्रका नगरिकहरुका लागि रु. दश लाख बराबरको राहत सामाग्री समेत प्रदान गरेको छ । अचानक आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ । बाढीले जनधनको क्षति हुनुका साथै धेरै घर परिवार विस्थापित भएका छन् भने सडक, स्थानीय पूर्वाधार र जलविद्युत् आयोजनाहरूमा समेत ठूलो असर परेको छ । यस कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको साथमा उभिँदै बैंकले उक्त सहयोग प्रदान गरेको हो ।

    यसबाट बाढी प्रभावितको उपचार, खाद्यान्न तथा आवासको व्यवस्था र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा पुनर्स्थापनाका जस्ता कार्यहरुमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ