काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहतका लागि टोखा नगरपालिकाले यसअघि नै १ करोड २० लाख रुपैयाँ सहयोग गरिसकेको छ । विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई निरन्तरता दिँदै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले शव व्यवस्थापनमा खटिने जनशक्तिको सुरक्षाका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (PPE) हस्तान्तरण गरेका छन् ।
बाढीका कारण ज्यान गुमाएकाहरूको शव खोजी तथा व्यवस्थापन कार्य जोखिमपूर्ण हुने भएकाले उद्धार तथा व्यवस्थापनमा खटिने जनशक्तिको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै PPE उपलब्ध गराइएको हो ।
विपद्को कठिन घडीमा मानवीय सेवाका लागि निरन्तर सक्रिय रहँदै आएका टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको पहलमा नगरपालिकाले राहत, उद्धार तथा शव व्यवस्थापनमा आवश्यक सहयोग गर्दै आएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


