Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

जलवायु वित्तका लागि अन्तर्राष्ट्रिय मञ्‍चमा नेपालले सशक्त आवाज उठाउँछ : मन्त्री गौतम


ग्लोबल पाना
बुधबार, भदौ १७ २०८३
  • 221
    SHARES

  • images
    जलवायु वित्तका लागि अन्तर्राष्ट्रिय मञ्‍चमा नेपालले सशक्त आवाज उठाउँछ : मन्त्री गौतम

    काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग नेपालका लागि बेलायतका राजदूत रब फेनले शिष्टाचार भेट गर्नु भएको छ । बुधबार मन्त्रालयमा भएको भेटमा राजदूत फेनले मन्त्री गौतमलाई भोटेकोशी बाढीले निम्त्याएको अप्रत्याशित क्षतिले मृत्यु भएका व्यक्तिहरूप्रति समवेदना प्रकट गर्दै सम्पर्क विहिन व्यक्तिहरू प्रति चिन्ता व्यक्त गर्नुभएको छ । भेटका क्रममा जलवायु परिवर्तनका कारणले अपूरणीय क्षति भइरहेको र त्यसको ठूलो जोखिम नेपालले बेहोर्नु परेको विषयमा छलफल भएको थियो। मन्त्री गौतमले जलवायु वित्तका लागि अन्तर्राष्ट्रिय मञ्‍चमा नेपालले सशक्त आवाज उठाउने विषय राख्नुभयो ।

    images
    images
    images

    राजदूत फेनले नेपाललाई यसमा बेलायतले बलियो समर्थन गर्ने प्रतिबद्धता जनाउनुभएको कानून मन्त्रालयले जनाएको छ । भेटमा मन्त्री गौतमले अप्रत्याशित बाढीले अबको विकासका कार्य उत्थानशील (विपद् प्रतिरोधी विकास) हुन आवश्यक भएको र यसलाई नेपालले प्राथमिकता दिने बताउनुभयो। उहाँले दिगो र उत्थानशील विकासका लागि मित्र राष्ट्र र दातृ निकायको सहयोगको निरन्तरता हुने अपेक्षा गर्नुभयो ।

    राजदूत फेनले आर्थिक, प्राविधिक र मानव स्रोतमार्फत विकासका कार्य र पून: स्थापनाको लागि बेलायत सरकारले आपसी सहयोग र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ