Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा, अवधि पुनः ७ दिन थप


ग्लोबल पाना
शुक्रबार, भदौ १९ २०८३
  • 255
    SHARES

  • images
    बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा, अवधि पुनः ७ दिन थप

    काठमाडौं । एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि पुनः ७ दिन थप गर्ने घोषणा गरेको छ। सहज सञ्चार, खोज, उद्धार तथा राहत वितरण कार्यमा सहयोग पु¥याउने उद्देश्यले एनसेलले यो निःशुल्क सेवा भोलि भदौ २० गतेदेखि थप ७ दिन अर्थात् भदौ २६ गतेसम्म उपलब्ध गराउने भएको हो। यससँगै प्रभावित क्षेत्रमा थप एक हप्तासम्म एनसेलका भ्वाइस, डेटा र एसएमएस सेवा निःशुल्क उपलब्ध हुनेछन्।

    images
    images
    images

    यसअघि एनसेलले बाढी आएको दिन भदौ १० गते प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराउने घोषणा गरेको थियो। त्यसपछि निःशुल्क सेवाको अवधि ७ दिन थप गरी भदौ १९ गतेसम्म पु¥याइएको थियो।“यस कठिन घडीमा सहज सञ्चार सुनिश्चित गर्न हामीले प्रभावित क्षेत्रमा निःशुल्क सेवाको अवधि पुनः ७ दिन थप गर्ने निर्णय गरेका हौं। अवरुद्ध भएका टावरमध्ये ९२ प्रतिशत पुनः सञ्चालनमा आइसकेकाले विपद्को समयमा हाम्रो यो निःशुल्क सेवाले प्रभावित समुदायलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र उद्धार तथा राहत कार्यमा खटिएका टोलीलाई आवश्यक समन्वय गर्न ठूलो मद्दत पुग्ने विश्वास लिएका छौं,” एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने।

    विपद्को समयमा सञ्चार सेवाले सूचना आदानप्रदान, आपसी समन्वय तथा खोज, उद्धार र राहत वितरणका कार्यलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्छ। निःशुल्क सेवाले प्रभावित समुदायका सर्वसाधारणलाई परिवारका सदस्य, आफन्त तथा उद्धार र राहत कार्यमा संलग्न टोलीसँग सम्पर्कमा रहन सहज बनाउँदै आएको छ। प्रभावित ९२ प्रतिशत टावर पुनः सञ्चालनमा एनसेलले भोटेकोशी बाढीका कारण प्रभावित क्षेत्रमा अवरुद्ध भएका आफ्ना ९२ प्रतिशत टावर पुनः सञ्चालनमा ल्याई सेवा प्रवाह गर्दै आएको छ।

    कम्पनीले बाँकी टावरहरू पुनः सञ्चालनमा ल्याउन आवश्यक कार्यसमेत गरिरहेको जनाएको छ। बाढीका कारण एनसेलका कुल २७ वटा टावर अवरुद्ध भएका थिए। हिजो बिहीबार कम्पनीले आफ्नो २५औं टावर नुवाकोटको त्रिशुलीमा पुनः सञ्चालनमा ल्याएको छ। रसुवाको घट्टेखोला, टिमुरेमा रहेको एक टावर भने पूर्ण रूपमा नष्ट भएको छ। रसुवाकै उत्तरगया, तिरुमा रहेको बाँकी एक टावरमा हेलिकप्टरमार्फत आवश्यक उपकरण पु¥याई सेवा पुनः सञ्चालन गर्न आवश्यक समन्वय भइरहेको एनसेलले जनाएको छ। एनसेलले विपद्का समयमा सञ्चार सेवा निरन्तर कायम राख्न तथा खोज, उद्धार, राहत र जनचेतना फैलाउने लगायतका कार्यमा सहयोग पुर्याउँदै आएको छ।

    सम्बन्धित निकायले जारी गरेका जानकारीमूलक सन्देशहरू एसएमएस, कल टोन तथा आफ्ना सामाजिक सञ्जालका पेज र अकाउन्टमार्फत सम्प्रेषण गर्दै आएको छ। यसैगरी, बाढी गएको भोलिपल्टै एनसेलले खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यमा योगदान पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनसेल फाउन्डेसनमार्फत रु. १ करोड सहयोग गरेको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ