Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

जिम हल, नवनिर्मित पूर्वाधार तथा नयाँ उपकरणहरूको उद्घाटन


सोमबार, भदौ २२ २०८३
  • 611
    SHARES

  • images
    जिम हल, नवनिर्मित पूर्वाधार तथा नयाँ उपकरणहरूको उद्घाटन

    ललितपुर । ललितपुर जिल्लाको धापाखेलमा रहेको मस्तिष्क पक्षाघात स्वावलम्बन समूह नेपाल (Self-help Group for Cerebral Palsy Nepal) ले गत भदौ १९ गते (Cerebral Palsy) मस्तिष्क पक्षाघात अपाङ्गता भएका बालबालिका तथा वयस्कहरूको पुनर्स्थापना र स्याहार सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ नवनिर्मित पूर्वाधार तथा नयाँ उपकरणहरूको उद्घाटन एवं हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

    images
    images
    images

    कार्यक्रमका प्रमुख अतिथि एवं रोटरी डिस्ट्रिक्ट गभर्नर श्री विष्णु कार्कीले उक्त नवनिर्मित पूर्वाधार तथा नयाँ उपकरणहरूको रिबन काटेर उद्घाटन गर्नु भएको थियो । यसै क्रममा उहाँले मस्तिष्क पक्षाघात स्वावलम्बन समूह नेपाल (Self-help Group for Cerebral Palsy Nepal) ले मस्तिष्क पक्षाघात अपाङ्गता भएका बालबालिकाहरूको लागि गर्दै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा यस्ता बालबालिकाहरूको लागि आवश्यकता अनुसारको सहयोग गर्ने बताउनु भयो ।

    धापाखेलमा रहेको मस्तिष्क पक्षाघात स्वावलम्बन समूह नेपालमा मस्तिष्क पक्षाघात अपाङ्गता भएका बालबालिका तथा वयस्कहरूको लागि ओरिएन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडको वित्तीय सहयोगमा 'जिम हल' निर्माण गरिएको छ । यो जिम हल निर्माणका लागि ओरिएन्टल इन्स्योरेन्सका उप-प्रमुख कार्यकारी अधिकृत श्रीमती सिरिशा मारुजोला, वरिष्ठ डिभिजनल म्यानेजर श्री मानबहादुर ढकाल र म्यानेजर श्री सूर्यकृष्ण मानन्धरको योगदान रहेको भन्दै मस्तिष्क पक्षाघात स्वावलम्बन समूह नेपालका तर्फबाट विशेष आभार व्यक्त गरिएको थियो ।

    यसै गरी, रोटरी क्लब अफ एडिनबर्गको नेतृत्वमा तथा अन्य ५ अन्तर्राष्ट्रिय रोटरी क्लबहरू (रोटरी क्लब अफ लियोन, रोटरी क्लब अफ लुजर्न, रोटरी क्लब अफ टुरिन, रोटरी क्लब अफ बार्सिलोना र रोटरी क्लब अफ स्टुटगार्ट) को सहयोगमा विभिन्न भौतिक सुविधाहरू हस्तान्तरण पनि गरिएको थियो । मस्तिष्क पक्षाघात अपाङ्गता भएका बालबालिकाहरूका लागि रोटरी क्लब अफ काठमाडौँ मीड-टाउनको समन्वयमा प्राप्त भएका यी सहयोगहरूमा १४ प्रकारका अत्याधुनिक जिम उपकरणहरू, सेड विस्तार (Shed Extension) निर्माण and डिजिटल क्षमता अभिवृद्धिका लागि ७ थान कम्प्युटर र २ वटा प्रिन्टरहरू उपलब्ध गराइएको थियो ।

    कार्यक्रममा मस्तिष्क पक्षाघात स्वावलम्बन समूह नेपाल (Self-help Group for Cerebral Palsy Nepal) का प्रमुख कार्यकारी अधिकृत (CEO) सुशील मान सिंह प्रधानले विगत करिब चार दशक देखि यस संस्थाले मस्तिष्क पक्षाघात अपाङ्गता भएका बालबालिका र व्यक्तिहरूको जीवनस्तर सुधारका लागि निरन्तर काम गर्दै आएको भन्दै पुनर्स्थापना भनेको केवल थेरापी वा औषधि उपचार मात्र नभएर यो आत्मसम्मान, समावेशिता, अवसर, आत्मनिर्भरता र आशाको यात्रा रहेको बताउनु भयो ।

    साथै उहाँले मस्तिष्क पक्षाघात अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूको सहज जीवनका लागि सहयोग गर्ने सम्पूर्णलाई आभार व्यक्त गर्नु भयो । यसै क्रममा संस्थाको तर्फबाट मस्तिष्क पक्षाघात स्वावलम्बन समूह नेपाल (Self-help Group for Cerebral Palsy Nepal) को स्थापना कालदेखि नै निरन्तर मार्गदर्शन र सहयोग पुर्‍याउनु हुने मस्तिष्क पक्षाघात स्वावलम्बन समूह नेपाल (Self-help Group for Cerebral Palsy Nepal) नेपालकी वरिष्ठ सल्लाहकार डा. चन्द्रलेखा तुलाधरका साथै रोटरी क्लब अफ काठमाडौँ मीड-टाउनका पदाधिकारीहरू, रोट्रयाक्ट क्लब र सम्पूर्ण अभिभावक तथा कर्मचारीहरूप्रति विशेष धन्यवाद ज्ञापन गरियो ।

    सो कार्यक्रममा मस्तिष्क पक्षाघात स्वावलम्बन समूह नेपाल (Self-help Group for Cerebral Palsy Nepal) की टेक्निकल डाइरेक्टर डा. प्रज्ञा कर्माचार्यले यस संस्थाले (Cerebral Palsy) मस्तिष्क पक्षाघात भएका बालबालिका तथा व्यक्तिहरू र तिनका परिवारलाई थेरापी, शिक्षा तथा समुदायमा आधारित पुनर्स्थापना कार्यक्रमहरू प्रदान गर्दै आएको कुरा जानकारी गराउनु भएको थियो । सो कार्यक्रममा रोटरी क्लब अफ काठमाडौँ मीड-टाउन (RCKMT) की अध्यक्ष श्रीमती कल्पना पराजुली, ओरिएन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रतिनिधिहरू, आदरणीय रोटरियनहरू, रोट्रयाक्ट क्लबका प्रतिनिधिहरू तथा SGCP परिवारको उपस्थिति रहेको थियो ।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ