Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघको १८ औ वार्षिक साधारण सभा सम्पन्न


सोमबार, भदौ २२ २०८३
  • 509
    SHARES

  • images
    नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघको १८ औ  वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौँ । नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ ह्विलचियर प्रयोगकर्ता अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासका लागि काठमाडौँमा स्थापना गरिएको एक गैरसरकारी संस्था हो । यस संस्थाले स्थापनाका ह्विलचियर प्रयोगकर्ता अपाङ्गता भएका व्यक्तिहरूको लागि ह्विलचियर बास्केटबल, पौडी, दौड प्रतियोगिता लगायताका विभिन्न खेलकुदका कार्यक्रमहरू सञ्चालन गर्ने, खेलाडीहरू उत्पादन गर्ने, खेलकुदको विकासका लागि सरोकारवाला निकायहरूसँग वकालत तथा पैरवी गर्ने लगायतका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

    images
    images
    images

    यसरी ह्विलचियर प्रयोगकर्ता अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासका लागि काम गर्ने क्रममा नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघले भदौ २० गते काठमाडौँमा १८ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो साधारण सभाका अतिथि एवं गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख सान्नानी लामाले संस्थाले सञ्चालन गर्दै आएको कार्यको प्रशंसा गर्दै नगरपालिका र यस नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघको सहकार्यमा विगतका दिनमा पनि ह्विलचियर बास्केटबल प्रतियोगिता लगायतका विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको र ती कार्यक्रमहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सहयोग मिलेको बताउनु भयो । साथै उहाँले आगामी दिनमा पनि संस्थाको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

    त्यसै गरी नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघको १८ औ वार्षिक साधारण सभाका अर्का अतिथि एवं गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का अध्यक्ष नवराज लामाले अपाङ्गतालाई कमजोरीको रूपमा हेर्न नहुने, अपाङ्गता अनुकूलको वातावरण निर्माण गरी अवसर प्रदान गरिनु पर्ने कुरमामा जोड दिनु भएको थियो । यसै क्रममा उहाँले गोकर्णेश्वर नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नका लागि विगतका दिनमा पनि सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहकार्य गरेर अगाडि बढ्न सकिने भन्दै यस वार्षिक साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्नु भयो ।

    यसै क्रममा नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघको १८ औ वार्षिक साधारण सभा कार्यक्रममा संस्थाकी अध्यक्ष देवी आचार्यले संस्थाले स्थापनाकाल देखि नै ह्विलचियर प्रयोगकर्ता अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासका लागि विभिन्न खेल प्रतियोगिता सञ्चालन गर्दै सरोकारवाला निकायहरूसँग वकालत तथा पैरवी गर्दै आएको बताउनु भयो । साथै उहाँले ७ वटै प्रदेशहरूमा ह्विलचियर बास्केटबलका नयाँ खेलाडीहरू उत्पादन, पहिचान तथा उत्पादनका लागि तालिम प्रदान गर्दै आएको बताउँदै राज्य अझै अपाङ्गता भएका व्यक्तिहरू तथा खेलाडीहरूप्रति संवेदनशील हुनुपर्ने, पारा खेलकुदलाई अगाडी बढाउनका लागि, खेलाडीहरूको क्षमता विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिनु पर्ने कुरामा जोड दिनु भयो ।

    साथै नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघको १८ औ वार्षिक साधारण सभा कार्यक्रममा अध्यक्ष देवी आचार्यले संस्था तथा ह्विलचियर प्रयोगकर्ता अपाङ्गता भएका व्यक्तिहरू मार्फत सहयोग सङ्कलन गरी रसुवाको भोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूको सहयोगका लागि गोकर्णेश्वर नगरपालिकाले स्थापना गरेको राहत तथा पुनः स्थापनाका लागि विशेष विपत् राहत कोषमा जम्मा गर्नका रु १५ हजार रुपैयाँ गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामालाई हस्तान्तरण गर्नु भयो भने यसै मेरुदण्ड पक्षाघात अपाङ्गता भएको व्यक्ति विरु मग्रातीको किड्नीमा खराबी भएको कारण उहाँको उपचारको लागि रु ५ हजार प्रदान गर्नु भयो ।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ