ललितपुर । बिजनेस एण्ड प्रोफेसनल वुमेन सुनाकोठी च्याप्टर नेपालको भदौ २१ गते पाँचौँ अधिवेशन तथा, नवौँ साधारण सभा तथा सम्मान कार्यक्रम ललितपुरको ढोलाहिटी स्थित अनल ज्योति बोर्डिङ स्कुलमा सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं बिजनेस एण्ड प्रोफेसनल वुमेन नेपालका अध्यक्ष मङ्गला कारञ्जितले गमलामा पानी राखेर गर्नु भयो । यस कार्यक्रममा उहाँले पाँचौँ अधिवेशन तथा, नवौँ साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्दै बिजनेस एण्ड प्रोफेसनल वुमेन नेपाल देशको सुख, दुःखमा साथ दिन सक्ने सहयात्री बन्न सकोस् भन्दै हामी महिलाहरू सबैले आफ्नो लागि कमाएको आफ्नै लागि लगानी गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
साथै उहाँले संस्थाको विकासको लागि सबै च्याप्टरहरूका कार्यसमितिहरू एक जुट भएर अगाडि बढ्नु पर्ने बताउनु भएको थियो । यसै क्रममा उहाँले संस्थाको उद्देश्य र इतिहासलाई बुझेर काम गर्नु पर्ने बताउनु भयो । त्यसै गरी कार्यक्रमका विशेष अतिथि समाज सेवी तथा प्रतिनिधि सभा सदस्य भूमिका लिम्बु / सुब्बाले संस्थाको नेतृत्व गर्दा नेतृत्व लिने पुस्ताहरू जन्माउनु पर्ने बताउँदै बिजनेस एण्ड प्रोफेसनल वुमेन नेपाल र यसका च्याप्टरहरूको विकासको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने कुरामा जोड दिनु भयो । साथै उहाँले महिला हिंसा न्यूनीकरणका लागि सबै जना एक जुट भएर काम गर्नु पर्ने पनि बताउनु भएको थियो ।
बिजनेस एण्ड प्रोफेसनल वुमेन सुनाकोठी च्याप्टर नेपालकी अध्यक्ष तथा उक्त संस्थाको पाँचौँ अधिवेशन तथा, नवौँ साधारण सभा तथा सम्मान कार्यक्रममाकी सभापति ज्योति के.सी.ले बिजनेस एण्ड प्रोफेसनल वुमेन सुनाकोठी च्याप्टर नेपाल मार्फत नेत्रहीन महिला संघ नेपालको छात्रावासमा रहने दृष्टिविहीन अपाङ्गता भएका तथा अन्य अपाङ्गता भएका महिलाहरूको शिक्षालाई निरन्तरता दिनको लागि सहयोग पुर्याउने उद्देश्यले छात्रवृत्ति प्रदान गर्दै आएको, कठिन परिस्थितिमा रहेका नागरिकहरूलाई आवश्यकता अनुसार सहयोग गरेको जानकारी गराउनु भयो ।
साथै उहाँले भदौ १० गते रसुवामा आएको बाढी पहिरोमा परेका व्यक्तिहरूको सहयोगका लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपालकी सदस्य सुनिता थापा र पहिचान नेपालकी कार्यकारी निर्देशक इच्छा के.सी. को नेतृत्वमा अपाङ्गता भएका बालबालिकाहरूको लागि सहयोग सङ्कलन कार्य भएको र उक्त कार्यमा यस संस्थाले पनि हातेमालो गर्ने, यस पटकको तिज मनाउने रकम उक्त बाढी पहिरोमा परेका व्यक्तिहरूलाई सहयोग गर्ने बताउनु भयो ।
बिजनेस एण्ड प्रोफेसनल वुमेन सुनाकोठी च्याप्टर नेपालको भदौ २१ गते सम्पन्न भएको पाँचौँ अधिवेशन तथा, नवौँ साधारण सभा तथा सम्मान कार्यक्रममा बिजनेस एण्ड प्रोफेसनल वुमेन नेपालकी निवर्तमान अध्यक्ष कमलेशलता राजभण्डारी र प्रतिनिधि सभा सदस्य भूमिका लिम्बु / सुब्बालाई सम्मान पत्र सहित सम्मान गरिएको थियो । बिजनेस एण्ड प्रोफेसनल वुमेन सुनाकोठी च्याप्टर नेपालको पाँचौँ अधिवेशन तथा, नवौँ साधारण सभाले ज्योति के.सी.को अध्यक्षतामा ११ जना नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
जसमा उपाध्यक्षमा रोहिणी ढुङ्गेल, सचिवमा सुन्केशरी माली, कोषाध्यक्षमा शान्ति मोक्तान निर्वाचित हुनु भएको छ भने सदस्यहरूमा अचला थापा, सरिता थुलुङ्ग, जया राजभण्डारी, शर्मिला लिम्बु, कल्पना महर्जन र युवा BPW – रेनु राई निर्वाचित हुनु भएको छ । सो सुनाकोठी च्याप्टरको पाँचौँ अधिवेशन तथा, नवौँ साधारण सभा तथा सम्मान कार्यक्रमका अवसरमा महिलाहरूले उत्पादन गरेका विभिन्न उत्पादनहरूको प्रदर्शनी र बिक्री पनि गरिएको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


