Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सशस्त्रका चार एसएसपीलाई डिआइजी पदमा बढुवाका लागि सिफारिस


ग्लोबल पाना
बिहीबार , माघ २६ २०७९
  • 211
    SHARES

  • images
    सशस्त्रका चार एसएसपीलाई डिआइजी पदमा बढुवाका लागि सिफारिस

    काठमाडौं । सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवाका लागि चारजनाको नाम सिफारिस भएको छ ।

    images
    images
    images

    सशस्त्र प्रहरीको बढुवा समितिको बैठकले सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम १ को (ख) बमोजिम सशस्त्र प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

    सशस्त्र प्रहरीका बढुवा समितिका सदस्य–सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरीका चार वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ, अञ्जनीकुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई बढुवाका लागि सिफारिस गरिएको जानकारी दिए ।

    बढुवा सिफारिसउपर चित्त नबुझ्ने सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकले प्रहरी नियमावली, २०७२ को नियम ५५ मा व्यवस्था भएबमोजिम सात दिनभित्र बढुवाउपरको उजुरी सुन्ने समितिसमक्ष उजुरी दिन सक्ने व्यवस्था गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ