Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाह नियुक्त


ग्लोबल पाना
बिहीबार , माघ २६ २०७९
  • 201
    SHARES

  • images
    सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाह नियुक्त

    सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (३) अनुसार आज प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

    images
    images
    images

    कैलाली निर्वाचन क्षेत्र नं २ को प्रदेशसभामा प्रत्यक्ष निर्वाचित शाहलाई साँझ प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि प्रदेशसभाको आजको बैठकमा विश्वासको मत अस्वीकृत भएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश प्रमुखसमक्ष साँझ राजीनामा दिएका थिए ।

    रावल एमाले संसदीय दलका नेता हुन् । त्रिपन्न सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का सभामुखबाहेक १०, नेकपा (एमाले)का १०, नागरिक उन्मुक्तिका सात, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ