Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश दिने


ग्लोबल पाना
शनिबार, भदौ २७ २०८३
  • 150
    SHARES

  • images
    माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश दिने

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको २०८३ भदौ २६ गते अपराह्न ३ः३० बजे बसेको सञ्चालक समितिको ५६४औँ बैठकले चुक्ता पुँजीको ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमा ३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश (करसहित) रहेको बैंकले जनाएको छ ।

    images
    images
    images

    बैंकका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ । हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल तथा सहज बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यका साथ बैंकले हाल देशका सातवटै प्रदेशमा १५७ शाखा, १२ एक्सटेन्सन काउन्टर, ८८ शाखारहित बैंकिङ सेवा तथा १९३ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ