Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

रसुवाका प्रभावित परिवारका लागि चेम्बरको राहत सामग्री सहयोग


ग्लोबल पाना
शनिबार, भदौ २७ २०८३
  • 224
    SHARES

  • images
    रसुवाका प्रभावित परिवारका लागि चेम्बरको राहत सामग्री सहयोग

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले रसुवाका प्रभावित तथा आवश्यकतामा रहेका परिवारका लागि विभिन्न राहत तथा अत्यावश्यक सामग्री सहयोग गरेकोे छ । राहत सामाग्रीमा बिस्कुट, स्यानिटरी प्याड, ब्ल्याङ्केट, तन्ना, साना बालबालिकाका जुत्ता लगायतका अत्यावश्यक सरसामान रहेका छन् । चेम्बरका कार्यसमिति सदस्य एवं आर्कस ग्रुपका सिईओ रजुल श्रेष्ठले ग्रुपका उत्पादनसहित चेम्बरमा संकलित सहयोग सामाग्री लुम्बिनी सामाजिक सेवा प्रतिष्ठान र लुम्बिनी युथ क्लबका प्रतिनिधीलाई हस्ताण्तरण गरेका हुन् ।

    images
    images
    images

    “स्थानीय संस्था तथा युवाको सहकार्यमा सामग्री सम्बन्धित प्रभावित तथा आवश्यकतामा रहेका परिवारसम्म पुर्याउने व्यवस्थासहित लुम्बिनी सामाजिक सेवा प्रतिष्ठान र लुम्बिनी युथ क्लबमार्फत वितरण तथा समन्वय हुने गरी उक्त राहत सामाग्री रसुवा पठाइएको हो” श्रेष्ठले भने । त्रिशूली हुँदै रसुवा पठाइएको राहत सामग्री सम्बन्धित स्थानीय संस्था तथा स्वयंसेवकहरूको समन्वयमा आवश्यकताका आधारमा प्रभावित परिवारसम्म पुर्याइने उनले जनाए ।

    प्रभावित क्षेत्रका नागरिकलाई तत्काल आवश्यक पर्ने आधारभूत सामग्रीलाई प्राथमिकतामा राखेर सहयोग पठाइएको श्रेष्ठले बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ