Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न


ग्लोबल पाना
मंगलबार, भदौ ३० २०८३
  • 194
    SHARES

  • images
    कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

    काठमाडौं । सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्यालको सभापतित्वमा प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न भएको छ । बैठकमा प्रतिनिधि सभा तथा सचिवालयका कामकारबाहीलाई प्रविधिमैत्री बनाउँदै ‘डिजिटल पार्लियामेन्ट’को अवधारणाअनुरूप विकास गर्ने सम्बन्धमा हालसम्म भएका कार्यप्रगति र आगामी योजनाबारे सचिवालयले समितिका सदस्यहरूलाई जानकारी गराएको थियो ।

    images
    images
    images

    डिजिटल पार्लियामेन्टको अवधारणाअनुसार प्रतिनिधि सभा तथा सचिवालयका कामकारबाहीलाई क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले आगामी २०८३ भदौ ३१ गते बुधबार परीक्षणको शुभारम्भ गरिने जानकारी बैठकमा दिइएको थियो ।

    सो सम्बन्धमा समितिका माननीय सदस्यहरूले विभिन्न राय, सुझाव तथा परामर्श दिएका थिए । बैठकमा प्राप्त सुझावलाई समेट्दै डिजिटल पार्लियामेन्टको कार्यान्वयनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ