काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नागरिकको जीवन सुरक्षालाई ध्यानमा राख्दै कम्पनीको ९ औबार्षिकोत्सवको उपलक्ष्यमा 'सन स्मार्ट प्रोटेक्सन बीमा योजना' ल्याएको छ । असोज १ गते सम्पन्न गरिएको Product Inauguration कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालज्यूबाट र उच्च व्यवस्थापन कर्मचारीहरूको उपस्थितिमा उक्त बीमा योजनालाई शुभारम्भ गरिएको हो । कम्पनीले १८ वर्षदेखि ६५ वर्षसम्मका मानिसहरूका लागि थोरै लागतमा ठूलो आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले यो नयाँ योजना प्रस्तुत गरेको हो।
विशेष गरी युवा अवस्थामा रहेका परिवारका संरक्षकहरूको व्यावसायिक दायित्व र पारिवारिक दायित्वलाई सन्तुलनमा राखी आर्थिक सुरक्षा प्रदान गर्नु यस योजनाको मुख्य उद्देश्य रहेको छ । यो बीमा योजना कम्पनीका सम्पूर्ण शाखा कार्यालयका साथै डिजिटल माध्यमबाट पनि सहजै खरिद गर्न सकिन्छ र डिजिटल माध्यमबाट खरिद गर्नको लागि www.sunlife.com.np र Sun Connect बाट खरिद गर्न सकिने छ ।
योजनाका विशेषता तथा सुविधा
यस योजना अन्तर्गत न्यूनतम १० लाख रुपैयाँदेखि आयश्रोतका आधारमा जतिसुकै रकमसम्मको बीमाङ्क चयन गर्न सकिनेछ । बीमा शुल्क भुक्तानी मासिक, त्रैमासिक, अर्ध-वार्षिक तथा वार्षिक रूपमा गर्न सकिने सुविधा रहेको छ ।
बीमितको निधन भएमा बीमाङ्क रकमको १०० प्रतिशत रकम दाबी भुक्तानी हुनेछ । यसका साथै ऐच्छिक सुविधा अन्तर्गत ५० हजार रुपैयाँसम्मको किरिया खर्च र १ लाख रुपैयाँसम्मको 'सन मेडिकेयर' आपत्कालीन स्वास्थ्य सेवा सुविधा पनि समेटिएको छ ।
कम्पनीको परिचय र पहुँच
सन् २०७४/६/६ मा बीमक दर्ता भई औपचारिक व्यवसाय प्रारम्भ गरेको यस कम्पनीको अधिकृत पूँजी १० अर्ब र चुक्ता पूँजी ५.२८ अर्ब रुपैयाँ रहेको छ । ISO 27001:2022 प्रमाणित यो कम्पनी नेपालको पहिलो डिजिटल प्रविधिमैत्री जीवन बीमा कम्पनीको रूपमा स्थापित छ । हाल ४० हजारभन्दा बढी अभिकर्ता तथा १३६ शाखा तथा उपशाखामार्फत कम्पनीले सेवा प्रदान गर्दै आएको छ । दुर्घटना, अशक्तता र आपत्कालीन रोगका कारण उत्पन्न हुने आर्थिक जोखिम न्यूनीकरण गर्दै दीर्घकालीन वित्तीय सुरक्षा प्रदान गर्नु कम्पनीको मुख्य ध्येय रहेको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


