Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

खरानीबाट उठ्दै भाटभटेनी, टंगाल स्टोर असोज ५ देखि खुल्ने


ग्लोबल पाना
आइतबार, असोज ४ २०८३
  • 164
    SHARES

  • images
    खरानीबाट उठ्दै भाटभटेनी, टंगाल स्टोर असोज ५ देखि खुल्ने

    काठमाडौं । आगलागीबाट क्षतिग्रस्त भाट–भटेनी सुपर मार्केटको टंगालस्थित स्टोर आगामी असोज ५ गते सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ। भाट–भटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले टंगाल स्टोरबाट नियमित रूपमा सेवा सुरु गरिने जानकारी दिनुभयो । कम्पनीका अनुसार आगलागीबाट ठूलो क्षति भए पनि भाट–भटेनीले आफ्ना १० हजारभन्दा बढी कर्मचारीको रोजगारीलाई निरन्तरता दिएको छ ।

    images
    images
    images

    आगलागीपछिको दसैंमा कर्मचारीले पाउने बोनससमेत कटौती नगरी पुनः सञ्चालनमा आएका स्टोरहरूमा उनीहरूको भूमिकालाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ। आगलागीपछि कम्पनीले तातो खरानी, फलाम र इँटा पन्छाउँदै एक साताभित्रै पुनःनिर्माणको काम सुरु गरेको जनाएको छ । पूर्णरूपमा जलेको कोटेश्वरस्थित स्टोर पाँच महिनामै सञ्चालनमा ल्याइएको थियो । त्यसपछि क्रमशः पुनःनिर्माण गर्दै आगलागीबाट ध्वस्त भएका १२ स्टोरमध्ये हालसम्म १० वटा पुनः सञ्चालनमा ल्याउन सफल भएको कम्पनीको भनाइ छ । बाँकी दुई स्टोरमध्ये दमक र हेटौंडाका स्टोरमा संरचनागत काम, उपकरण व्यवस्थापन तथा आन्तरिक निर्माणको काम जारी रहेको जनाइएको छ ।

    ती स्टोर पनि पुनःनिर्माणको अन्तिम चरणमा रहेकाले छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ । कम्पनीले पुनःनिर्माणका क्रममा चौबीसै घण्टा कामलाई निरन्तरता दिँदै ग्राहकलाई सकेसम्म छिटो सेवा उपलब्ध गराउने प्रयास गरेको जनाएको छ । पुनःनिर्माणमा गुणस्तर तथा दीर्घकालीन सञ्चालनलाई समेत प्राथमिकता दिइएको भाट–भटेनीको भनाइ छ ।

    यसैबीच, काठमाडौंमा सञ्चालनको तयारीमा रहेको बाल अस्पतालका लागि भाट–भटेनीले गरेको सहयोगसमेत निरन्तरता दिइएको कम्पनीले जनाएको छ। उक्त अस्पतालका लागि भाट–भटेनीले ७१ करोड रुपैयाँभन्दा बढी रकम खर्च गरेको जनाइएको छ । नेपाली बालबालिकाले एउटै भवनबाट अन्तर्राष्ट्रियस्तरको उपचार सुविधा पाउन सकून् भन्ने उद्देश्यले सहयोग गरिएको कम्पनीको भनाइ छ । भाट–भटेनीले ग्राहकको सुविधालाई ध्यानमा राख्दै आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता यथावत् रहेको जनाएको छ । कम्पनीले पुनःनिर्माण तथा पुनःसञ्चालनको क्रममा साथ दिने ग्राहक, शुभेच्छुक, कर्मचारी तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरेको छ । टंगालस्थित स्टोरको पुनःसञ्चालनको अवसरमा असोज ५ गते बिहान ८ बजे स्टोर परिसरमा कार्यक्रमसमेत आयोजना गरिने कम्पनीले जनाएको छ । साथै आम उपभोक्ताको लागी भोली १० बजे बाट स्टोर खुल्ला हुने जानकारी दिइएकाे छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ