Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

अपाङ्गता, पहुँचयोग्य न्याय प्रणाली र अपाङ्गता समावेशी सेवा सम्बन्धी अन्तरक्रिया


सोमबार, असोज ५ २०८३
  • 276
    SHARES

  • images
    अपाङ्गता, पहुँचयोग्य न्याय प्रणाली र अपाङ्गता समावेशी सेवा सम्बन्धी अन्तरक्रिया

    काठमाडौँ । नेपाल अपाङ्ग महिला संघले सिविएमको सहकार्यमा असोज ४ गते अपाङ्गता, पहुँचयोग्य न्याय प्रणाली र अपाङ्गता समावेशी सेवा सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम काठमाडौँमा सम्पन्न गरेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेल, उपत्यकाका तिनै जिल्लाका प्रहरी राष्ट्र सेवकहरू र अस्पतालमा आधारित एक द्वार सङ्कट व्यवस्थापन केन्द्र (OCMC) का पदाधिकारीहरूको उपस्थितिमा आयोजना गरिएको उक्त अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष मिना पौडेलले अपाङ्गता, पहुँचयोग्य न्याय प्रणाली र अपाङ्गता समावेशी सेवा सम्बन्धमा प्रस्तुतीकरण गर्नु भयो ।

    images
    images
    images

    उक्त प्रस्तुतीकरणका क्रममा उहाँले नेपाल अपाङ्ग महिला संघको बारेमा जानकारी गराउँदै उक्त संस्थाले अपाङ्गता भएका महिलाहरूका लागि सञ्चालन गर्दै आएका कार्यक्रमहरूका साथै सरोकारवाला निकायहरूसँग गरेकोको वकालत तथा पैरवीका बारेमा पनि प्रस्ट पार्नु भएको थियो । साथै उहाँले नेपाल अपाङ्ग महिला संघले दुई प्रदेशमा कार्यालय स्थापना गरी २५ वटा जिल्लाहरूमा शाखागत संरचना स्थापना गरिएको, अपाङ्गता भएका महिलाहरूको हिंसा न्यूनीकरणका लागि काम गरिरहेको बताउनु भयो । प्रस्तुतिका क्रममा नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष मिना पौडेलले महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेल, उपत्यकाका तिनै जिल्लाका प्रहरी राष्ट्र सेवकहरू र अस्पतालमा आधारित एक द्वार सङ्कट व्यवस्थापन केन्द्र (OCMC) का पदाधिकारीहरूको उपस्थितिमा आयोजना गरिएको उक्त अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा अपाङ्गताको विषयमा जानकारी दिँदै नेपालको संविधान २०७२ को विशेषता, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन २०७४ लगायतका विषयमा जानकारी दिनु भयो ।

    त्यसै गरी उहाँले अन्य व्यक्ति तथा महिलाहरूको तुलनामा अपाङ्गता भएका महिलहरुको न्यायमा पहुँच पुग्न नसकेको भन्दै चेतनाको कमी, सार्वजनिक भौतिक संरचनाहरू अपाङ्गता मैत्री नहुनु, सुरक्षाको अभाव लगायतका कारणले गर्दा पनि अपाङ्गता भएका महिलाहरूको न्यायमा पहुँच पुग्न नसकेको बताउँदै अबका दिनमा सरोकारवाला निकायहरूले अपाङ्गता भएका व्यक्ति र महिलाहरूको न्यायका लागि संवेदनशील भएर काम गर्न आग्रह गर्नु भयो ।

    कार्यक्रममा ३ वटा समूह बनाएर कार्यगत चुनौतीहरूको पहिचान, वर्तमान सहायता संयन्त्रको मूल्याङ्कन र सरोकारवालाहरूसँगको सिफारिस संयन्त्र के कस्तो हुनु पर्दछ भन्ने विषयमा छलफल गरी प्रत्येक समूहबाट प्रस्तुतीकरण गरिएको थियो । समूहगत छलफल पश्चात् प्रस्तुतीकरणका क्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालय प्रहरी मुख्यालय मुख्यालय प्रहरी निरीक्षक ज्ञान मञ्जरी शर्माले यस अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमबाट अपाङ्गता भएका व्यक्तिहरूका सवालमा काम गर्नका लागि धेरै कुराहरू सिकेको र यहाँ सिकेको कुराहरूलाई उनीहरूको न्यायमा पहुँचका लागि सही उपयोग गर्ने भन्दै अपाङ्गता भएका व्यक्तिहरूका सवालहरू संवेदनशील भएको कारण सबै सरकारी, गैरसरकारी निकायहरू मिलेर सहकार्य गरी अगाडी बढ्नु पर्ने कुरामा जोड दिनु भयो ।

    यस कार्यक्रममा परोपकार प्रस्तुति तथा स्त्रीरोग अस्पताल थापाथलीका पूर्व वरिष्ठ हस्पिटल नर्सिङ सुपरभाइजर तथा हालका एक द्वार सङ्कट व्यवस्थापन केन्द्र (OCMC) का लैङ्गिकतामा आधारित हिंसा विशेषज्ञ परामर्शदाता सुकुलामाले अपाङ्गता भएका महिलाहरूको सहज रूपमा न्यायमा पहुँच पुग्न नसकेको यस विषयमा विभिन्न कठिनाइ तथा चुनौतीहरू रहेको बताउँदै अपाङ्गता भएका महिलाहरूको विषयका घटनाहरू ल्याउँदा एक द्वार सङ्कट व्यवस्थापन केन्द्र (OCMC) को निर्देशिका, नीति नियम अनुसार काम गर्नु पर्ने, सेवा दिने निकायहरू सबै अपाङ्गता मैत्री हुनु पर्ने, अपाङ्गताको विविधता अनुसारको दक्ष जनशक्ति उत्पादन गरिनु पर्ने लगायताका अपाङ्गताका सवालमा जोड दिनु भयो ।

    कार्यक्रममा सहभागीहरूले आफ्नो कार्यक्षेत्रमा काम गर्ने क्रममा अपाङ्गता भएका महिलाहरूका सवाल, चुनौती तथा कठिनाइहरूको पहिचान गरी अपाङ्गता मैत्री वातावरणमा सेवा प्रवाह गर्न प्रयत्न गर्ने बताउनु भएको थियो ।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ