Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

दशैँ–तिहारमा सोफा हबको ‘झिलिली अफर’, १० जनालाई थाइल्यान्ड भ्रमणदेखि ५०% सम्म छुट


ग्लोबल पाना
शुक्रबार, असोज ९ २०८३
  • 401
    SHARES

  • images
    दशैँ–तिहारमा सोफा हबको ‘झिलिली अफर’, १० जनालाई थाइल्यान्ड भ्रमणदेखि ५०% सम्म छुट

    काठमाडौं । दशैँ–तिहारलाई लक्षित गर्दै सोफा हब काठमाडौंले ग्राहकलाई लक्षित गरी ‘झिलिली अफर’ सार्वजनिक गरेको छ । कम्पनीले यस योजनामार्फत सोफा तथा फर्निचर खरिद गर्ने ग्राहकलाई छुट, विभिन्न उपहार तथा विदेश भ्रमणको अवसर उपलब्ध गराउने जनाएको छ । कम्पनीका अनुसार अफरअन्तर्गत १० जना भाग्यशाली ग्राहकलाई निःशुल्क थाइल्यान्ड भ्रमण गराइनेछ। त्यस्तै, रु. ३५ हजार बराबरको सोफा खरिद गर्ने ग्राहकले Scratch Card मार्फत फ्रिजलगायत विभिन्न आकर्षक उपहार प्राप्त गर्ने अवसर पाउनेछन् ।

    images
    images
    images

    सामाजिक सञ्जाल प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले फेसबुक, टिकटक, इन्स्टाग्राम तथा युट्युबमा सोफा हब काठमाडौंलाई फलो गर्नेहरूमध्येबाट एक जना भाग्यशाली विजेतालाई रु. ३५ हजार बराबरको सोफा निःशुल्क उपलब्ध गराउने जनाएको छ । अफर अवधिमा सोफा तथा फर्निचरमा ५० प्रतिशतसम्म छुट, नेपालभर निःशुल्क डेलिभरी तथा खरिद गरिएका उत्पादनमा १५ वर्षसम्मको ग्यारेन्टी उपलब्ध हुने कम्पनीले जनाएको छ ।

    सोफा हब काठमाडौंले आधुनिक डिजाइन, गुणस्तरीय सामग्री तथा ग्राहक सेवामा जोड दिँदै सोफा तथा गृहसज्जाका सामग्री उत्पादन तथा बिक्री गर्दै आएको जनाएको छ । कम्पनीका अनुसार उत्पादनको डिजाइन तथा निर्माणदेखि बिक्रीपछिको सेवासम्म ग्राहकको आवश्यकतालाई प्राथमिकतामा राखिएको छ। हाल सोफा हब काठमाडौंका नेपालभर १२ वटा शाखा सञ्चालनमा रहेको कम्पनीले जनाएको छ। ग्राहकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले शाखा विस्तारसँगै बिक्रीपछिको सेवामा समेत ध्यान दिइएको कम्पनीको भनाइ छ ।

    कम्पनीले यसअघि पनि दशैँ–तिहारलाई लक्षित गरी ग्राहकका लागि विदेश भ्रमण तथा विभिन्न आकर्षक उपहारका योजना सञ्चालन गर्दै आएको जनाएको छ । सोही योजनालाई निरन्तरता दिँदै यस वर्ष ‘झिलिली अफर’ ल्याइएको कम्पनीको भनाइ छ । कम्पनीले ग्राहकलाई अफरको लाभ लिन आधिकारिक शाखाबाट मात्र खरिद गर्न आग्रह गरेको छ ।

    बजारमा ब्रान्डसँग मिल्दोजुल्दो नाम प्रयोग गर्ने पक्षहरू देखिन सक्ने भएकाले खरिदअघि शाखाको आधिकारिकता यकिन गर्नसमेत कम्पनीले अनुरोध गरेको छ । ‘झिलिली अफर’ सम्बन्धी थप जानकारी तथा सोफा तथा फर्निचर खरिदका लागि 9851152589 मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ